शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

जल पाइपस् एण्ड फिटिङस् नेपालमा सार्वजनिक, ब्राण्ड एम्बास्डरमा मनिषा कोइराला

शुक्रबार, ०६ वैशाख २०७६, १३ : ३९
शुक्रबार, ०६ वैशाख २०७६

काठमाडौं– महालक्ष्मी वायर्स एन्ड केबल्सले आफ्नो नयाँ उत्पादन जल पाइपस् एण्ड फिटिङस् औपचारिक रुपमा बजारमा ल्याएको छ । काठमाडौंको नक्साल स्थित मेरियट होटलमा यो उत्पादन सार्वजनिक भएको हो । जल पाइपस् एण्ड फिटिङस् अरिहान्त ग्रुपको विजनेश युनिट हो ।  

ब्राण्ड नाम र टयागलाइन अनाउन्स गरेर मनिषा कोइराला, गिरिस जैन, पारस लुनिया र जापानबाट आएका अतिथिले संयुक्त रुपमा उत्पादन सार्वजनिक गरेका थिए । 

अरिहान्त ग्रुपका कार्यकारी निर्देशकमा गिरिस जैन र जल पाइपस् एण्ड फिटिङस्की ब्राण्ड एम्बास्डरमा मनिषा कोइराला नियुक्त भएका छन् ।

जल पाइपस् एण्ड फिटिङस् अस्ट्रिया, जर्मनी र जापानको प्रविधि प्रयोग गरेर उत्पादन हुन्छ । उत्पादन उद्देश्यका लागि कम्पनीले सेकिसुइ जापानिजसँग पनि सहकार्य गरेको छ । 

जल पाइपस् एण्ड फिटिङस्बारे बोल्दै जापान सेकिसुइका प्रतिनिधिले भने, ‘जल पाइपस् एण्ड फिटिङस् गुणस्तर र विश्वासको सङकेत हो, हाम्रो उद्देश्य ग्राहकलाई उच्च गुणस्तर दिने र विश्वास लिने हो ।’ 

त्यसैगरी जल पाइपस् एण्ड फिटिङस्की ब्राण्ड एम्बास्डर तथा अभिनेत्री मनिषा कोइरालाले जल पाइपस् एण्ड फिटिङस् जस्तो ब्राण्डको अंग हुन पाएकोमा खुशी लागेको बताईन् ।

अरिहान्त ग्रुपका कार्यकारी निर्देशक गिरिस जैनले अरिहान्त का धेरै क्षेत्रहरु मध्ये पाइप र फिटिङ क्षेत्रमा काम गरिरहेको र अन्य उत्पादन जस्तै जल पाइपस्ले पनि ग्राहकहरुको विश्वास जित्ने बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप