शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

पुष्पलालको जन्मथलोमा पुराना कम्युनिष्ट नेतालाई सम्मान गरिने

शुक्रबार, ०६ वैशाख २०७६, १३ : २७
शुक्रबार, ०६ वैशाख २०७६

काठमाडौँ– आगामी बैशाख नौ गते नेकपाले कम्युनिष्ट नेता पुष्पलाल श्रेष्ठको जन्मथलो रामेछापको भंगेरीमा विशेष कार्यक्रम गर्ने भएको छ । 

पार्टीमा कम्युनिष्ट विचार कमजोर हुदै गएको भन्दै नेकपाको ३ नम्बर प्रदेश कमिटिले पुष्पलालको जन्मथलोमा बिषेश कार्यक्रम गर्न लागेको हो । 

स्थापना दिवसको अवसरमा आयोजना गरिएको उक्त कार्यक्रममा प्रदेश ३ का १३ जिल्लाका २६ पुराना नेताहरुलाई सम्मान समेत गरिने ३ नम्बर प्रदेश कमिटी संयोजक तथा नेकपा नेतृ अष्टलक्ष्मी शाक्यले जानकारी दिइन् । 

‘विचारहरुबाट कम्युनिष्ट आन्दोलन अगाडि बढोस् भनेर कम्युनिष्ट आन्दोलनका अगुवा तथा महासविच पुष्पलालको जीवनीबाट नेता कार्यकर्ता प्रेरित होऊन् भनेर कार्यक्रम राखिएको हो’ शाक्यको भनाई छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप