शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

चक्रपथमा सवारी दुर्घटना : ८ महिनामा १५ सय दुर्घटना, २९ जनाको मृत्यु

सबैभन्दा धेरै सातदोबाटो र स्वयम्भूमा दुर्घटना
शुक्रबार, ०६ वैशाख २०७६, १३ : १८
शुक्रबार, ०६ वैशाख २०७६

काठमाडौँ । आर्थिक वर्ष ०७५/७६ मा चक्रपथभित्र भएको सवारी दुर्घटनामा २९ जनाको मृत्यु भएको छ । गत वर्षको साउन १ गतेदेखि फागुन मसान्तसम्म चक्रपथमा १ हजार ४ सय ३८ दुर्घटना भएका थिए ।

दुर्घटनाका कारणहरु तीब्र गति, अव्यवस्थित सडक मुख्यतः रहेको ट्राफिक महाशाखाले जनाएको छ । धेरैजसो सवारी साधन एकापसमा ठोक्किएर दुर्घटना भएका छन् ।

ट्राफिक महाशाखाका अनुसार गत साउनमा ४, भदौमा ४, असोजमा २, कात्तिकमा ४, मंसिरमा ४, पुस ६, माघमा ३ र फागुनमा २ जनाको सवारी दुर्घटनामा मृत्यु भएको थियो ।

यसैगरी, दुर्घटनामा परी गम्भीर घाइते र सामान्य घाइते हुनेहरुको संख्या धेरै रहेको छ । जसमा गम्भीर घाइते ५३ जना र सामान्य घाइते ९६० जना रहेका छन् ।

जसमध्ये सबैभन्दा धेरै सातदोबाटो र स्वयम्भूमा दुर्घटना हुँदा ५÷५ जनाको मृत्यु भएको थियो ।

त्यस्तै कोटेश्वरमा ४, सानेपामा ३, एयरपोर्ट २, नयाँ वषपार्क ३, गौशालामा २, महाराजगञ्ज १, जावलाखेल २, बल्खु १, सुकेधारा १ गरी २९ जनाको मृत्यु भएको थियो ।

कलंकी–कोटेश्वरमा मात्र १३ जनाको मृत्यु

चीन सरकारले बनाएको कोटेश्वर–कलंकी सडक विस्तारमा मात्र १२ जनाको मृत्यु भएको छ । चीनले पाँच वर्ष लगाएर कोटेश्वरदेखि कलंकीसम्मको ८ लेनको १० किलो मिटर ४ सय मिटर सडक विस्तार गरेको थियो ।

करिब ५ अर्ब अनुदान सहायतामा चीनले सो सडक खण्ड विस्तार गरी नेपाल सरकारलाई हस्तान्तरण गरेको हो । चीन सरकारले गत माघ १४ गते कलंकी–कोटेश्वर सडक विस्तार गरी नेपाललाई हस्तान्तरण गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुजन पन्त
सुजन पन्त

पन्त सुरक्षा/अपराध बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप