शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

नेविसंघको तदर्थ समिति चाँडै आउँछ, कसैलाई अन्यायमा पारिँदैन : सभापति देउवा

ओलीको रबैयाले लोकतन्त्र नै खतरामा
शुक्रबार, ०६ वैशाख २०७६, १३ : ००
शुक्रबार, ०६ वैशाख २०७६

काठमाडौं– नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल विद्यार्थी संघको तदर्थ समिति छिट्टै गठन हुने बताएका छन् ।

नेविसंघको ४९ औँ स्थापना दिवसको अवसरमा नेविसंघ काठमाडौँले आयोजना गरेको कार्यक्रममा सभापति देउवाले सबैको भावना समेट्ने खालको तदर्थ समिति ल्याउने तयारी भइरहेको बताएका हुन् ।

‘हामी चाँडै नेविसंघको तदर्थ समिति ल्याउछौँ । ३२ वर्षमाथि मुनिको भन्दा पनि सबैलाई अवसर दिने, विद्यार्थीको भावना समेट्ने र समयअनकुल काम गर्न सक्ने समिति ल्याउछौँ ।’

उनले नेतृत्वका लागि ३२ वर्षे उमेर हद लागू गर्ने–नगर्ने निर्णय नेविसंघकै नेताहरुको परामर्शको आधारमा निर्णय लिने स्पष्ट पारे । नेविसंघको नेतृत्वको चयनमा अन्याय नगर्ने सभापति देउवाको प्रतिवद्धता छ ।

सभापति देउवाले नेविसंघले नेपालको राजनीतिक परिवर्तनको ठूल्ठूला आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गरेको स्मरण पनि गरे ।

समयमा महाधिवेश गर्न नसकेपछि माघ २८ गते नैनसिंह महर नेतृत्वको कार्यसमितिले राजीनामा दिएको थियो । महाधिवेशनको प्रयोजनका लागि तदर्थसमति गठन गर्ने जिम्मेवारी पाएका देउवाले अहिलेसम्म गठन गर्न सकेका छैनन् ।

फरक प्रसङ्गमा प्रमुख प्रतिपक्ष दल नेतासमेत रहेका देउवाले केपी ओली नेतृत्वको वर्तमान सरकारले एउटा पनि राम्रो काम गर्न नसकेको बताए ।

वर्तमान सरकारले अन्याय, अत्याचार गर्न थालेको भन्दै जनताको मुक्तिका लागि आन्दोलनको तयारीमा लाग्न नेविसंघका नेता, कार्यकर्तालाई निर्देशन दिए ।

‘कहीँ पनि राम्रो काम हुन सकेको छैन । पत्रकारमाथि अत्याचार गरेको छ । शिक्षकमाथि अत्यचार गरेको छ । जताततै भ्रष्टाचार बढेको छ’, उनले भने, ‘यो सरकारको यस्तो रबैयाबिरुद्ध हामी सबैको ध्यान जानुपर्छ । नेविसंघका  नेता कार्यकर्ताहरु पनि आन्दोलनको तयारीमा लाग्नुहोस् ।’

सभापति देउवाले पछिल्लो समय सरकारका गतिविधिबाट जनता आजित भएको दाबी गरे । ‘यो सरकारले  कञ्चनपुरकी निर्मला पन्तको हत्यारालाई कारवाही गर्नुको सट्टा बचाउनतिर लाग्यो । मूल्यबृद्धिले आकाश छोएको छ । सभापति देउवाले भने, ‘जनतामाथि अनावश्यक रुपमा करमाथि कर थोपर्ने काम गरेका छ । यो सरकार न संविधान मान्छ न कानुन मान्छ । ओलीको यस्तो रबैयाले लोकतन्त्र नै खतरामा पर्दै गएको छ ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप