शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

तनुश्रीको आरोपमा बोले अजय देवगन, ‘स्थिती मेरो नियन्त्रणमा थिएन’

शुक्रबार, ०६ वैशाख २०७६, १२ : ४६
शुक्रबार, ०६ वैशाख २०७६

केही दिनअघि तनुश्री दत्ताले अजय देवगनमाथि आलोकनाथसँग फिल्म ‘दे दे प्यार दे’ मा काम गरेको भन्दै तिखो आलोचना गरेकी थिइन् । तनुश्रीबाहेक कंगनाकी दिदी रंगोलीले पनि सिलसिलाबद्ध तरिकाले ट्वीट गरेर अजय देवगनमाथि देखावटीको आरोप लगाइन् । यो कुराबाट रिसाएका अजय देवगनले हालै एक आधिकारिक बयान दिएका छन् । उनका अनुसार फिल्मको सुटिङ आलोकनाथमाथि आरोप लाग्नुअघि नै पूरा भइसकेको छ । त्यतिबेला स्थिती आफ्नो नियन्त्रणमा पनि नभएको उनले बताए ।

उनले भने, ‘यो फिल्म गत वर्ष अक्टोबरमा रिलिज हुनुपर्दथ्यो किनभने यसको सुटिङ सेप्टेम्बरमा पूरा भइसकेको थियो । आलोकनाथसँग जुन पनि दृश्य सुटिङ भएको थियो त्यो अगस्टमा नै पूरा भइसकेको थियो । यो दृश्य पनि ४० दिनभित्र भिन्न–भिन्न सेटमा सुट गरिएको थियो जसमा एक आउटडोर लोकेशन पनि थियो । यसमा १० अभिनेता समावेश थिए । आलोकनाथसँग सुटिङ पूरा भएपछि उनीमाथि आरोप लागेको हो ।’

‘उक्त दृश्यमा आलोकनाथलाई हटाएर सबै कलाकारसँग पुनः सुटिङ गर्न असम्भव थियो । यसमा निर्माताको निकै पैसा पनि क्षती हुन्थ्यो । आलोकनाथलाई हटाउनलाई मेरोमात्र निर्णयले काम गर्दैनथ्यो । पूरा युनिटको निर्णयलाई मैले मान्नैपर्दथ्यो । म मिटू अभियानको विषयमा निकै संवेदनशील छु । तर यस्तो स्थितीमा जब मेरो नियन्त्रण हुँदैन भने मानिसहरु मलाई किन असंवेदनशील र झुटो बताउन कोसिस गरिरहेका छन् ?’

दे दे प्यार दे फिल्मको ट्रेलर लञ्चको क्रममा आलोकनाथसँग जोडिएका कुनै पनि प्रश्नको जवाफ दिन उनी बचिरहे । यी प्रश्नमा अजयले आलोकनाथमाथि आरोप लाग्नुअघि नै फिल्मको सुटिङ पूरा भइसकेको भन्ने गरेका थिए । स्मरण रहोस्, अजय देवगनले सोसल मिडियामा मिटू अभियानलाई समर्थन गरेका थिए । उनले गलत काम गरेको आरोप लागेका मानिसहरुसँग कहिले पनि काम नगर्ने बताएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप