सुत्केरी व्यथा लाग्दै गर्दा भोट दिन पुगिन् महिला, ८० वर्षे वृद्धाले स्लाइनसहित मतदान गरिन्
भारतमा लोकसभा चुनावको दोस्रो चरणको मतदान बिहिबार भयो । यतिबेला मानिसहरुबीच भोट हाल्ने क्रेज देखियो । कर्नाटकको पांडवपुरामा मंगला नामकी एक महिला सुत्केरी व्यथाले च्यापिरहेका बेला नै साढे सात बजे भोट दिन पुगिन् । त्यसपछि उनलाई तुरुन्त अस्पताल पुर्याइयो । उनले साढे ९ बजे छोरीलाई जन्म दिइन् । डाक्टरले अलि बेर भएको भने जोखिम पनि हुनसक्ने बताए ।
यसैगरी विहारको कटिहारको हसनगंजमा ८० वर्षीया वृद्धा दुलारी देवीले मतदान गरिन् । उनी निकै बिरामी थिइन् । ग्लुकोजको सलाइन राखिएको थियो । उनले भोट हाल्ने इच्छा व्यक्त गरेपछि परिवारले उनलाई खटियामा राखेर मतदान केन्द्र पुर्याए ।
दोस्रो चरणमा ६७.९४ प्रतिशत भोट भयोः
दोस्रो चरणमा १२ राज्यको ९५ सिटमा ६७.९४ प्रतिशत मतदान खस्यो । दोस्रो चरणमा १६२९ प्रत्यासी मैदानमा थिए । सन् २०१४ मा यी ९५ सिटमा ६५ प्रतिशत मतदान भएको थियो । जबकी सन् २००९ मा ९५ सिटमा ६२.४९ प्रतिशत मतदान भएको थियो । कर्नाटकमा यसपटक ६८.१६ प्रतिशत मतदान भयो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिरियामा आइएसको आक्रमणमा २८ जनाको मृत्यु
-
आगो निभाउने क्रममा जलेर महिलाको मृत्यु
-
‘फास्ट ट्रयाक’का २ वटा सुरुङमार्ग २ महिनाभित्र ‘ब्रेक थ्रु’ हुने
-
इलाममा करेन्ट लागेर एक जनाको मृत्यु
-
एसीसी प्रिमियर कप : तेस्रो स्थानका लागि नेपाल र हङकङ भिड्ने
-
स्वास्थ्य मन्त्रालयले कार्यकक्षमा नभेटिने कर्मचारीलाई कारबाही गर्ने