बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

न्यु एज टेक्नोलोजीसहित ‘दि अल न्यु सेन्ट्रो’

शुक्रबार, ०६ वैशाख २०७६, ०९ : ३९
शुक्रबार, ०६ वैशाख २०७६

कार कम्पनीमध्येको एक हुन्डाईलाई एसियामा सेन्ट्रोले स्थापित गरायो । सन् २०१८ मा आफ्नो चौथो संस्करणसहित आएको ह्याचब्याक सेन्ट्रो भारतमा बेस्ट सेलिङ सूचीमा पनि पर्न सफल भयो ।

दुई महिनाअघि मात्रै नेपाली बजारमा भित्रिएको ह्याचब्याक कार ‘दि अल न्यु सेन्ट्रो’ सेन्ट्रोको चौथो संस्करण हो । जुन नेपालमा सर्वाधिक रुचाइएको गाडी मध्येमा पर्छ । 

मारुती, सुजुकी र हुन्डाई धेरै नेपाली ग्राहकको रोजाइमा पर्ने कम्पनीमा पर्छन् । भारतीय बजारमा पकड जनाउन सफल यी कम्पनीले नेपालमा पनि लामो समयदेखि पकड जमाउन सफल छन् । 

१९९८ मा पहिलो पटक लन्च भएको हुन्डाईको सेन्ट्रोले विभिन्न कम्पनीका गाडीसँग आफूलाई प्रतिस्पर्धामा उभ्याएको छ । २००० मा परिष्कृत भएर दोस्रो संस्करण सेन्ट्रो जिप बजारमा आयो भने २००२ मा सेन्ट्रोको जिप प्लस पनि बजारमा आयो । त्यसलगत्तै २००८ मा सेन्ट्रो जिङ जुन भारतमा सबैभन्दा धेरै बिक्री हुने कारको सूचीमा पर्न सफल भयो । हुन्डाईले लामो समयको ग्यापमा २०१८ मा आएर भारतमा ‘दि अल न्यु सेन्ट्रो’ लन्च गर्यो ।  

हुन्डाई मोटरको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी इन्टर कन्टिनेन्टलले उत्कृष्ट फेमिली ह्याचब्याक कार ‘दि अल न्यु स्यान्ट्रो’ २०१९ मा नेपाली बजारमा भित्र्यायो । 

बजारको बदलिँदो मागलाई मध्यनजर गर्दै मोर्डन र स्टाइलिस डिजाइन, आरामदायी र प्रिमियम क्याबिन, नयाँ टेक्नोलोजी, ग्राहक केन्द्रित सुरक्षा र उत्कृष्ट परफर्मेन्सका साथ नयाँ सेन्ट्रो नेपाली बजारमा पुनः भित्रिएको हो ।

सेन्ट्रो दुई भेरियन्ट माग्ना र स्पोर्टस्मा उपलब्ध छ । सेन्ट्रो माग्नाको मूल्य २४ लाख ९६ हजार पर्छ भने सेन्ट्रो स्पोर्टस्को मूल्य २६ हजार ९६ हजार पर्छ ।

स्टाइलिस डिजाइन

नयाँ सेन्ट्रोमा नयाँ टेक्नोलोजीको प्रयोगसँगै यसको डिजाइन पनि उत्कृष्ट तरिकाले गरिएको छ । नयाँ सेन्ट्रोको इन्टेरियरमा विशेष ध्यान दिएको पाइन्छ । नयाँ सेन्ट्रोमा मोडर्न ग्रिलको प्रयोग, हाई पर्फर्म फग ल्याम्प, स्टाइलिस हेडल्याम्प, टेल ल्याम्प जडित यो कार आकर्षक रूपमा डिजाइन गरिएको छ । 

इलेक्ट्रिक एड्जस्टमेन्ट र टर्न इन्डिकेटरसहितको ओआरभीएम यो कारको अर्को विशेषता हो । नयाँ सेन्ट्रोमा माइक्रो एन्टेनाको प्रयोग भएको छ । ड्युल टोन बडी कलरका साथै रिफ्लेक्सन बम्परको प्रयोग पनि भएको छ ।

भित्री भागलाई पनि उत्कृष्ट तरिकाले डिजाइन गरिएको छ । कम्फर्टेबल सिट, सिट बेल्ट, ब्याक पकेट, सामान राख्न डिकीमा प्रशस्त स्पेस म्यानेज गरिएको छ । 

‘दि अल न्यु सेन्ट्रोे’ फेमिली ह्याचब्याक कार पनि भनिन्छ । सानो कार भए पनि बस्न र निस्किन सहज हुने गरी डिजाइन गरिएको छ, जसले लामो दूरीको यात्रालाई झनै सहज बनाइदिन्छ ।

नयाँ सेन्ट्रो आकर्षक कलरहरु रेड, ब्लु, सिल्भर, ह्वाइट, स्टर्डस्ट, इम्पेरियल बेजमा उपलब्ध छ । 

यस गाडीको लम्बाइ ३६१० एमएम, चौडाइ १४४५ एमएम र उचाइ १५६० एमएमको छ । ३५ लिटर पेट्रोलको क्यापासिटी रहेको नयाँ सेन्ट्रोको ग्राउन्ड क्लियरेन्स क्षमता १६५ एमएमको छ । 

१०० सीसीको इन्जिन क्षमता रहेको नयाँ सेन्ट्रो यस सेगमेन्टको पावरफुल इन्जिम क्षमता भएको कारमा पर्छ । 

फुल अप्सन कार

‘दि अल न्यु सेन्ट्रो’ फुल अप्सन कार हो । यसमा नयाँ प्रविधिहरुको प्रयोग गरिएको छ । बजारमा आएका थुप्रै प्रतिस्पर्धी कारलाई टक्कर दिँदै सेन्ट्रोले आफूलाई फुल अप्सनमा प्रस्तुत गरेको हो । 

रियर पार्किङ क्यामेरा, स्टेरिङ माउन्टेड कन्ट्रोल अडियो तथा ब्लुटुथ कन्ट्रोल र रियर एसी भ्यान्स जस्ता टेक्नोलोजीले सेन्ट्रोलाई लग्जरियस कारको सूचीमा पारेको छ । 

नयाँ सेन्ट्रोमा १७.६४ सेमी स्मार्ट फोन कनेक्टिभिटी तथा भ्वाइस रिकग्निसन जडित अडियो भिडियो प्रणाली छ, जसमा एन्ड्रोयड अटो कनेक्टिभिटी, एप्पल कारप्ले कनेक्टिभिटी रहेको छ । त्यसैगरी, ५ स्पिड म्यानुअल ट्रान्समिसन, स्मार्ट अटो एएमटी पनि रहेको छ ।

यो सेगमेन्टका अन्य गाडीमा फ्रन्ट साइड एसी मात्र रहेकामा नयाँ सेन्ट्रोमा पछाडि पनि एसी जडान गरिएको छ । जसले पछाडि बस्ने प्यासेन्जरलाई पनि उत्तिकै चिसो तातोको अनुभव प्रदान गर्छ । 

सेफ्टी फिचर्स

‘दि अल न्यु सेन्ट्रो’मा उत्कृष्ट सेफ्टी फिचर्स छन् । गाडीमा एन्टी लकदेखि इलेक्ट्रोनिक ब्रेक फोर्स वितरण र दोहोरो फ्रन्ट एयर ब्याग रहेको छ । 

नयाँ सेन्ट्रोमा रहेको रियर पार्किङ क्यामेरा अडियो भिडियोसहितको छ । त्यसैगरी स्पिडअनुसार अटो डोर लक सिस्टमले सुरक्षित यात्रामा सहयोगी बनेको छ । स्पिड कम हुँदा अटो डोर अन–लक सिस्टम पनि रहेको छ ।

सिट बेल्टसहित एन्टी लक ब्रेकिङ सिस्टम छ । नयाँ सेन्ट्रोमा रियर डेफोगर र रियर पार्किङ सेन्सरको पनि प्रयोग गरिएको छ ।  

एयर ब्याग, एसी, डिजिटल टच स्क्रिन इन्फोटेन्मेन्ट सिस्टम, ब्लुटुथ कनेक्टिभिटी, स्टेरिङ कन्ट्रोल लगायतका फिचर्सले सेन्ट्रोलाई थप मजबुत र सुरक्षित बनाएको छ । 

इको कोडिङ टेक्नोलोजी (न्यु एज टेक्नोलोजी)

‘दि अल न्यु सेन्ट्रो’मा न्यु एज टेक्नोलोजीको प्रयोग भएको छ, जसलाई इको कोडिङ टेक्नोलोजी पनि भनिन्छ । इको कोडिङ टेक्नोलोजीले एयर कन्डिसनलाई फ्रेस राखिराख्न मद्दत गर्छ । 

एसीमा ब्याक्टेरिया जम्न र खराब स्मेलबाट बचाउन यो टेक्नोलोजी प्रयोग गरिन्छ । यो सेगमेन्टका कारहरुमध्ये इको कोडिङ टेक्नोलोजीको प्रयोग नयाँ सेन्ट्रोमा मात्र गरिएको छ ।

४ सिलिन्डर पेट्रोल इन्जिन 

पहिले कारहरुमा ४ सिलिन्डरको इन्जिन मात्र प्रयोग हुन्थे तर आजकल नयाँ कम्पनीहरुले ३ सिलिन्डर इन्जिनको व्यापक प्रयोग गर्न थालेका छन् । 

सामान्यतया ४ सिलिन्डरको इन्जिन ३ सिलिन्डर भएको इन्जिनभन्दा ज्यादा रिफाइन हुन्छ । ४ सिलिन्डर भएको इन्जिनलाई पर्फेक्ट कम्बिनेसन मानिन्छ । त्यसैले पनि ४ सिलिन्डरको कार बढी किफायती हुन्छ ।

यस सेगमेन्टका अन्य गाडीमा ३ सिलिन्डर पेट्रोल इन्जिनको प्रयोग भएका छन् । सेन्ट्रोको यो मोडलमा ४ सिलिन्डरको प्रयोग भएकाले पनि यो सेगमेन्टको उत्कृष्ट कार बन्न सफल भएको छ ।

नयाँ सेन्ट्रोेले १.१ लिटर, ४ सिलिन्डर पेट्रोल इन्जिन जसले ६९ पीएस पावर र १०.१ केजीएमको टर्क प्रदान गर्नेछ । जसले गाडीलाई अझ मजबुत बनाउन सहयोग गरेको छ ।  

नेपालमा ‘दि अल न्यु सेन्ट्रो’

गत फेब्रुअरीमा नेपाली बजारमा भित्रिएको फेमिली ह्याचब्याक कार ‘दि अल न्यु सेन्ट्रो’ले अहिलेसम्मै रेकर्ड तोडेको छ । नेपाल भित्रिएको २ महिनाभित्र २ सयभन्दा धेरै बिक्री भइसकेको रेकर्ड सेन्ट्रोले बनाएको छ । 

हुन्डाई मोटरको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी इन्टर कन्टिनेन्टलका डिलरहरु नेपालका मुख्य सहरहरुमा सञ्चालनमा छन् । देशैभरीका डिलरहरुबाट नयाँ सेन्ट्रो बिक्री वितरण भइरहेको लक्ष्मी इन्टर कन्टिनेन्टलले बताएको छ । 

नयाँ वर्ष २०७६ पारेर हुन्डाईले क्यास डिस्काउन्ट अफर पनि दिइरहेको छ । त्यसैगरी हुन्डाईले १ वर्षको इन्स्योरेन्स सुविधा, एक्चेन्ज बोनस, लोयल्टी बोनस, बैङ्किङ सुविधा, ४ वर्षको फ्री सर्भिस र ३ वर्षको वारेन्टी दिएको छ ।

हुन्डाईले सेल्स, सर्भिस र स्पेर पार्टस् एउटै छानामुनि पाइने गरी देशैभरी आफ्ना सोरुम सञ्चालन गरेको छ । 

नेपालका मुख्य सहरहरु काठमाडौँलगायत धनगढी, नेपालगन्ज, दाङ, बुटवल, भैरहवा, चितवन, जनकपुर, वीरगन्ज, पोखरा, इटहरी, विर्तामोड, विराटनगरमा हुन्डाईका सोरुमहरु छन् । यी सबै सोरुमहरुमा अहिलेको चर्चित ‘दि अल न्यु स्यान्ट्रो’ उपलब्ध छ । 

हुन्डाईले हालसम्म बजारमा उपलब्ध गराएका मोडलमध्ये सेन्ट्रो सर्वाधिक रुचाइएको मोडलमा पर्छ । त्यसैगरी आई–१०, आई–२०, ग्रान्ड आई–१०, ग्रान्ड आई–२०, क्रेटा आदि चर्चित गाडीहरुमा पर्छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

टुना भट्ट
टुना भट्ट

टुना भट्ट रातोपाटी अनलाइन टिभीकी  संयोजक तथा समाचार प्रस्तोता हुन् ।

लेखकबाट थप