शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

इन्सपेक्टर भण्डारीमाथि कारबाही सुरु

शुक्रबार, ०६ वैशाख २०७६, ०७ : ३७
शुक्रबार, ०६ वैशाख २०७६

काठमाडौं । खराब संगतका कारण एक प्रहरी निरीक्षक (इन्सपेक्टर) कारबाहीमा परेका छन् । महानगरीय प्रहरी वृत्त महाराजगञ्जबाट तानिएका इन्सपेक्छर दिनेश भण्डारीलाई महानगरी प्रहरी कार्यालय रानीपोखरीले कारबही प्रक्रिया अघि बढाएको हो । 

भण्डारीले २ महिलाको साढे २३ लाख रुपैयाँ ठगी गरेको छानबिनमा खुलेको छ । कर्तव्य ज्यान मुद्दामा अभियुक्तलाई छुटाइदिने भन्दै भण्डारीले मोरङकी कमला खरेल भण्डारी र उनकी बहिनी पद्मा खरेलसँग पैसा लिएको प्रहरीको भनाई छ । 

पछि महानगरीय प्रहरी कार्यालय रानीपोखरीले एसपी श्याम ज्ञवालीको अध्यक्षतामा छानबिन समिति गठन गरेको थियो । उनलाई तत्कालै महाराजगञ्ज वृत्तबाट सरुवा गरिएको थियो । यो खबर आजको नयाँ पत्रिका दैनिकमा खबर छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप