प्रशासन परिसर भारतीय मोटरसाइकलले भरियो
विराटनगर । जन्मको आधारमा नागरिकता प्राप्त गरेका नागरिकका सन्तानलाई वंशजको नागरिकता दिने निर्णय भएसंगै मोरङ जिल्लामा नागरिकता लिनेको उत्तिकै भीड बढेको छ ।
मोरङमा बिहीबारसम्म ७ सय ४५ जनालाई नागरिकता वितरण गरिएको छ । थप ३५ सय टोकन वितरण गरिएको जिल्ला प्रशासन कार्यालय मोरङकी सहायक प्रमुख जिल्ला अधिकारी चन्द्रकला ओलीले जानकारी दिए ।
ओलीले इलाका प्रशासन कार्यालय रंगेली, इलाका प्रशासन कार्यालय उर्लावारी तथा जिल्ला प्रशासन कार्यालय मोरङबाट नागरिकता वितरण भई रहेको बताए ।
जसमा रंगेलीबाट १ सय ५९, उर्लाबारीबाट ७९ र जिल्ला प्रशासन कार्यालय मोरङबाट ६ सय ६६ लाई नागरिकता वितरण गरिसकिएको छ । यसअघि सर्वोच्चकै न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले नागरिकता वितरणको परिपत्र रोक्न अन्तरिम आदेश दिएको थियो ।
चैत २५ को उक्त आदेशलाई सर्वोच्चका न्यायाधीश हरिकृष्ण कार्की र बमकुमार श्रेष्ठको संयुक्त इजलासले खारेज गरेपछि नागरिकता वितरणको बाटो खुलेको हो । यो खबर आजको नेपाल समाचारपत्र दैनिकमा खबर छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालको ‘इन्जिन अफ ग्रोथ’ जलविद्युत र पर्यटन : अध्यक्ष नेपाल
-
आगोले जलेर महिला गम्भीर, आकस्मिक कक्षमा डाक्टर नहुँदा प्राथमिक स्वास्थ केन्द्रमा तालाबन्दी
-
टेभेज अस्पतालबाट डिस्चार्ज
-
‘स्टक एनालिटिक्स सफ्टवेयर’ : सेयर कारोबारमा नयाँ आयाम
-
बसको ठक्करबाट तीर्थयात्रीको मृत्यु
-
एम्बाप्पेको कीर्तिमानमा लिग उपाधिबाट पीएसजी मात्र एक कदम टाढा