मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

आखिर किन हज्जारौं फिट माथि फ्लाइटमा यौन सम्बन्ध राख्छन् जोडीहरु

शुक्रबार, ०२ असार २०७४, १३ : २९
शुक्रबार, ०२ असार २०७४

स्पेनको इबिजा जाँदै गरेको रयानेरको एक फ्लाइटमा केही दिन पहिले सेक्स गरिरहेको एक जोडीको भिडियो सार्वजनिक भएको थियो । भाइरल भएको भिडियोमा साथी यात्रुहरु नजिकै हुँदा पनि ३१ वर्षका शौन एडमान्डसनले एक महिलासँग सम्बन्ध बनाइरहेको देख्न सकिन्छ । रोचक कुरा त के छ भने घरमा उनकी गर्भवती प्रेमिका उनलाई कुरेर बसिरहेकी थिइन् । यद्यपी, प्लेनमा सेक्स कुनै नौलो कुरा भने होइन । आउनुहोस्, यसका केही तथ्यबारे जानकारी लिऔंः

skyscanner.net को एक सर्वेक्षण अनुसार विमानको यात्रा गर्ने करिब ४५ प्रतिशत यात्रुले जमिनभन्दा हज्जारौं फिटमाथि फ्लर्ट गरेका छन् । यीमध्ये करिब ८ प्रतिशत त सम्बन्धमा पनि परिवर्तन भएका छन् ।

एक रिपोर्ट अनुसार विमानमा हुने रिस्क फ्याक्टर, कम स्थानका कारण थ्रिल मनपराउनेहरुलाई उत्तेजना अत्यधिक हुन्छ ।

thesun.co.uk मा छापेको एक रिपोर्ट अनुसार वातावरणमा गहिरो दबाबका कारण करिब ३० हजार फिट उचाईमा सेक्सको चरमोत्कर्ष पनि राम्रो हुन्छ ।

फ्लाइटमा हुने विशेष अक्सिजन सेटिङका कारण दिमाग अत्यधिक उत्साहित हुनसक्छ र यसले जोडीबिच एक विशेष भावना सुरु हुनसक्छ ।

जोडीको व्यवहारले अन्य यात्रु चकित र लज्जित हुनुपरेको घटना थुप्रै छन् । पछिल्लो हप्ता सार्वजनिक भएको शौन एडमान्डसनको भिडियोमा पनि साथी यात्रु उक्त जोडीको व्यवहारमा सहज थिएनन् ।

विमानको सेक्स गर्नेहरुलाई माइल हाई क्लब पनि भनिन्छ । थुप्रै जोडीले यस्तो गर्न चाहेर नै यस्तो गर्दछन् । यसले उनीहरुलाई थप उत्तेजक बनाउने गर्दछ ।

थुप्रै मानिसहरु विमानमा हुने कम्पनलाई यसको लागि जिम्मेवार बनाउँछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप