शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सेनालाई राजनीतिक भेटमा कडाइ

शुक्रबार, ०६ वैशाख २०७६, ०६ : ५५
शुक्रबार, ०६ वैशाख २०७६

काठमाडौँ – सैनिक अधिकारीमाथि राजनीतिक र कूटनीतिक भेटमा कडाइ गरिएको छ । सरुवा, बढुवा तथा शान्ति सेनामा सहभागी हुन राजनीतिक भनसुन अमान्य हुने आाचार संहिता सेनाले तयार पारेको छ । बिना उद्देश्य गरिने भेटले संगठनको गोपनीयता भंग हुने र प्रतिष्ठामा गम्भीर आँच आउने भन्दै जंगी अड्डाले कडाइ गरेको हो । 

आचार संहितामा नेपाली सेनाको परम्परा, शिष्टाचार, मिडिया तथा सोसल मिडियाको प्रयोग, आर्थिक कारोबार, राजनीतिक एवम् कूटनीतिक भेटघाट, भर्ना छनोट, लैंगिक आचरण र उपहार लेनदेनसम्बन्धी विषय छन् । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा शम्भु कट्टेलले लेखेका छन् । 

सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले सैनिक अधिकारीको आचरण र व्यवहारमा सुधार ल्याउन आचार संहिता कार्यान्वयनमा ल्याएको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप