शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कृति अबार्डको टाईटल स्पोन्सर चौधरी ग्रुपले गर्ने

बिहीबार, ०५ वैशाख २०७६, १८ : ५३
बिहीबार, ०५ वैशाख २०७६

काठमाडौं– बिज्ञापन क्षेत्रको चर्चित कृति अबार्डको टाईटल स्पोन्सर चौधरी ग्रुपले गर्ने भएको छ । विज्ञापनका श्रृजनशिलतालाई सम्मान गर्ने यो कृति अबार्डस बिज्ञापन क्षेत्र लगायत सम्र्पूण मिडिया र विज्ञापनदाताहरुको सामुहिक उत्सव मानिन्छ ।

नेपाल विज्ञापन संघले आगामि २०७६ साल भाद्र ६ गते आयोजना गर्न लागेको एघारौ कृति अबार्डसको सम्बन्धमा चौधरी गु्रपका प्रबन्ध निर्देशक निर्वाण चौधरी र नेपाल विज्ञापन संघका अध्यक्ष रबिन्द्र कुमार रिजालले एघारौ कृति अबार्डसको टाईटल स्पोन्सर सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

एघारौं कृति अबार्डको टाईटल स्पोन्सर नेपाल आईस र पावर्ड वाई सीजी सिमेन्ट हुनेछ  । सो अवसरमा चौधरी गु्रपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले नेपाल विज्ञापन संघले बिगत २०६० साल देखि गर्दै आएको कृति अवार्डलाई बिगत केहि वर्ष देखिका संस्करणहरुमा सीजी ग्रुपले प्रायोजन गर्न पाएकोमा खुसि व्यक्त गर्दै भविष्यमा पनि सहकार्य गर्न सकिने बताए ।

त्यसै गरी नेपाल बिज्ञापन संघका अध्यक्ष रबिन्द्र कुमार रिजालले भविष्यमा पनि नेपाल विज्ञापन संघ र सीजी ग्रुपबीचमा सहकार्य रहिरहने विश्वास व्यक्त गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप