लगानी सम्मेलनमा भएका सम्झौता तत्काल अगाडि बढाउन समिति गठन
काठमाडौं । सरकारले हालै सम्पन्न नेपाल लगानी सम्मेलनमा भएका समझदारीलाई तत्काल अघि बढाउन उच्चस्तरीय अनुगमन समिति बनाएको छ ।
बिहीबार प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा बसेको लगानी बोर्ड बैठकले ‘नेपाल लगानी सम्मेलन २०१९’ मा भएका लगानी सम्बन्धि समझदारीलाई अघि बढाउन उच्च स्तरीय समिति बनाउने निर्णय गरेको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले सो लगानी सम्मेलन सफल भएको निष्कर्ष निकाल्दै त्यसलाई सफल बनाउन प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका सचिवको नेतृत्वको ५ सदस्यीय उच्च स्तरीय अनुगमन समिति बनाएको बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले जानकारी दिए ।
बोर्ड बैठकमा प्रधानमन्त्री ओलीले लगानी सम्मेलनमा आएको प्रतिवद्धता अनुकूल हुने गरी आवश्यक नीतिगत तथा कानुनी सुधारको काममा ढिलाई नगर्न पनि सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।
गत चैत्र १५ र १६ गते लगानी सम्मेलन आयोजना गरिएको थियो । सोही सम्मेलनमा आएका प्रतिवद्धतालाई छिटो कार्यान्वयनमा लैजान प्रधानमन्त्री ओलीले मातहतका निकायलाई निर्देशन दिनु भएको पनि बोर्डका प्रमुख कार्यकारी अधिकृत अधिकारीले बताए ।
आगामी भदौं भित्र अन्तराष्ट्रिय सभा÷सम्मेलन गर्नका लागि भवन निर्माण गर्ने निर्णय पनि गरिएको छ । त्यसैगरी बोर्डको ३८ करोड बजेट तथा कार्यक्रम पनि पारित गरिएको प्रमुख कार्यकारी अधिकृत अधिकारीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री र चिनियाँ अन्तराष्ट्रिय विकास सहयोग एजेन्सीका अध्यक्षबीच भेटवार्ता
-
फिल्म ‘खुस्मा’ को छायाङ्कन रुकुमको मैकोटबाट सुरु
-
जसपा नेपालको सङ्गठित सदस्य एक लाख ४५ हजार, साधारण सदस्य कति ?
-
बजेट बनाउँदै राखेप : नेताका नाममा हुने प्रतियोगितालाई बजेट नदिने
-
मुग्लिन–पोखरा सडकका चार ठाउँमा ‘प्रिकाष्ट’ प्रविधि प्रयोग गरेर पुल बनाइँदै
-
तीन जना एसएसपीको सरुवा, काठमाडौँमा वसन्त रजौरे