शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

संसदीय समितिद्वारा सर्वोच्चका लागि ५ न्यायाधीशको नाम अनुमोदन

बिहीबार, ०५ वैशाख २०७६, १८ : ३९
बिहीबार, ०५ वैशाख २०७६

काठमाडौं । संसदीय सुनुवाई समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित पाँच न्यायायाधीशहरुको नाम अनुमोदन गरेको छ । 

समितिको बिहीबार सिंहदबारमा बसेको बैठकले सर्वोच्च अदालतको न्यायाधीशका लागि प्रस्तावित प्रकाशकुमार ढंगाना, सुष्मलता माथेमा, हरि फुयाँल, कुमार रेग्मी र मनोजकुमार शर्माको नाम अनुमोदन गरेको हो । 

समितिको बैठकमा पाँचै जना न्यायाधीशको सुनुवाई गरि उनीहरुको नाम सर्वसम्मतिले अनुमोदन गरिएको सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए । 

समितिमा प्रस्ताव न्यायाधीशहरुविरुद्ध ५ वटा उजुरी परेको थियो । त्यस सम्बन्धमा पनि बिहीबार नै उजुरीकर्ताहरुसँग छलफल गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप