बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

लोक सेलो लिएर आइन् गायिका रेश्मा

शुक्रबार, २० साउन २०७४, १३ : ४३
शुक्रबार, २० साउन २०७४

काठमाडौं — गायिका रेश्मा बम्जन ‘डम्फू र सेलो...’ गीत लिएर आएकी छन् । लोक सेलो शैलीको उक्त गीतको म्युजिक भिडियो पनि निर्माण गरिएको छ । फूलकुमार बम्जनका शब्द तथा संगीतको उक्त गीतलाई फनिन्द्र राईले संगीत संयोजन गरेका हुन् ।

भिडियो भने काठमाडौं वरपरका रमणीय लोकेशनमा छायांकन गरिएको छ । सोनाम पाख्रिनले निर्देशन गरेको भिडियोमा रोशन लामा तथा रोहिणीले अभिनय गरेका छन् । अमृत सुनुवारको छायांकन रहेको भिडियो निशान घिमिरेले सम्पादन गरेका हुन् । 

प्रकाश गुरुङ तथा चण्डिप्रसाद काफ्लेसँग आधुनिक तथा शास्त्रीय संगीतको प्रशिक्षण लिइरहेकी यी गायिकाले गायनको पहिलो कोसेली सेलो गीत रोजेकी हुन् ।

एल्बम ‘प्रथमा’ को अन्तिम तयारीमा रहेकी गायिका बम्जनले गीत संगीतमै भविश्य खोज्ने अठोट गरेकी छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप