कर्मचारीकै मिलेमतोमा काठ तस्करी भएको स्थानीयको दावी
सिरहा–जिल्ला वन कार्यालय लहानले मिर्चैया नगरपालिका ६ मटिअर्वाबाट ठूलो परिमाणमा कर्मा जातको काठ बरामद गरेको छ ।
लोपोउन्मुख तथा काट्न प्रतिवन्ध गरिएको ‘कर्मा’ जातको काठ बरामद् गरेको जिल्ला वन कार्यालय लहानका सहायक वन अधिकृत अभरेन्द्र यादवले जानकारी दिए ।
काट्न प्रतिवन्ध रहेको ५० थान गोलिया करिव २ सय ५० क्यूफिट काठ वेवारिसे अवस्थामा फेला परेको जिल्ला वन कार्यालय सिरहाले जनाएको छ । जिल्ला वन कार्यालयले काठ कसको भन्ने विषयमा अनुसन्धान गरिरहेको जनाएको छ । स्थानीयले भने काठ रहेको स्थानसँगै जोडिएको रमन सःमिलको काठ भएको बताएका छन् । तर मिल सञ्चालक ब्रम्हदेव मण्डलले उक्त काठ आफ्नो नभएको बताए । ‘मैले यो काठ ७ महिना यहाँ देखिरहेको छु, कसको काठ हो, मलाई थाहाछैन’ उनले भने ।
उक्त काठ मिर्चैया ९ रमपुराका देवशंकर यादवको रहेको बताइएको छ । उनले सोही वडाका रमन झालाई विक्री गरेको नाम नबताउने शर्तमा एक स्थानीयले बताए । मिल सञ्चालक र काठ धनीबीच कुरा नमिलेपछि काठ सार्वजनिक भएको स्थानीयको भनाई छ ।
सेक्टर वन कर्यालय मिर्चैयाबाट करिव एक किलोमिटरको दुरीमा उक्त काठ भेटिएको हो । तर, बन कार्यालयका प्रमुख रेन्जर झरोखी साहले आफूलाई त्यहाँ काठ रहेको सूचना यसअघि नआएको बताए ।
उनले भने, ‘हामीलाई यसअघि त्यहाँ काठ छ भन्ने जानकारी नै थिएन, जिल्लाले खवर गरेपछिमात्र थाहा भयो’ उनले आफू विदामा रहेको भन्दै काठ पक्राउको विषयमा अन्य कर्मचारीसँग बुझ्न अनुरोध गरे । स्थानीयले वन कर्मचारीकै मिलेमतोमा मिर्चैया क्षेत्रमा काठको चोरी निकासी हुने गरेको बताए । जिल्ला वन कार्यालयले यस विषयमा मिर्चैया वन प्रमुखसँग लिखित स्पष्टिकरण लिने जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नाउपाभित्र खैलाबैला : दामोदर पनि रेशमको लाइनमा उभिएपछि एक्लिन् रञ्जिता
-
जनताले महसुस गर्नेगरी काम गर्न गृहमन्त्री लामिछानेको निर्देशन
-
भूराजनीतिको भूमरीमा बीआरआई परियोजना
-
शैलेन्द्रको साथले बागमती सरकार जोगियो, अन्य प्रदेशमा कस्तो असर गर्ला ?
-
बागमती प्रदेशसभा बैठक १९ गते बस्ने
-
जलवायु परिवर्तनको असर सबैभन्दा बढी जलस्रोतमा परेको छ : मन्त्री बस्नेत