शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

विप्लव नेतृत्वको नेकपाका मध्यकमाण्ड इन्चार्ज फेरिए, प्रकाण्डले पाए जिम्मेवारी

बिहीबार, ०५ वैशाख २०७६, १४ : १३
बिहीबार, ०५ वैशाख २०७६

काठमाडौं– विप्लव नेतृत्वको नेकपाका मध्यकमाण्ड इन्चार्ज फेरिएका छन् । हाल सो जिम्मेवारीमा रहेका हेमन्त प्रकाश ओली ‘सुदर्शन’ पक्राउ परेसँगै पार्टीले खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ लाई सो जिम्मेवारी दिएको हो । 

यसअघि प्रकाण्ड प्रवक्ताको जिम्मेवारी रहेको बताइएपनि केही महिनायता उनको नाममा पार्टीको औपचारिक विज्ञप्ति आउने गरेको थिएन ।

प्रहरीबाट पक्राउ परेपछि पार्टीका केही गोप्य दस्तावेज बाहिरिएको भन्दै उनलाई जिम्मेवारविहीन बनाइएको समेत हल्ला चलेको भएपनि विप्लवले त्यसको विज्ञप्तिमार्फत खण्डन गरेका थिए । 

यता मध्य कमाण्ड इन्चार्जको भूमिकामा रहेका सुदर्शन चैत पहिलो साता काभ्रेबाट पक्राउ परेका थिए।

सरकारले विप्लवको पार्टीलाई प्रतिबन्ध लगाएसँगै सुदर्शन पक्राउ पर्ने उच्चस्तरीय नेता हुन् ।

उनको पार्टीमा विप्लव र प्रकाण्डपछि दोस्रो वरियता रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप