पाल्पामा जीप दुर्घटनाः भाइको मृत्यु , दाजु घाइते
बिहीबार, ०५ वैशाख २०७६, ११ : ०४
बुटवल– पाल्पामा भएको जीप दुर्घनामा परी गम्भीर घाइते एक जनाको उपचारका क्रममा मृत्यु भएको छ । एक जना घाइते भएका छन् ।
रम्भादेवि गाउँपालिका–३ , देउराली भन्ने स्थानमा लु १ ज १७८६ नम्वरको जिप दुर्घटना हुँदा सोही गाउँपालिका–२ सुरुमडाँडाका ३० वर्षीय चालक लालबहादुर सिंजालीको मृत्यु भएको हो ।
दुर्घटनामा परि घाइते भएका देवबहादुर सिंजाली मृतकका दाजु भएको जनाइएको छ । उनको लुम्विनी मेडिकल कलेज पाल्पा प्रभासमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
मलेङ्ग भन्ने स्थानमा सामान छाडेर फर्किने क्रममा बुधबार राती ८ बजेको समयमा जीप ब्रेक फेल भई सडकबाट करिव २ सय मिटर तल खसेको पाल्पाका प्रहरी प्रवक्ता डिएसपी कृष्ण सापकोटाले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विकराल बन्दै डढेलो
-
काठमाडौँमा 'सफल ह्याप्पी काउ मिल्क' उपलब्ध
-
सरकारी जग्गा व्यक्तिको नाममा गर्ने अमिनविरुद्ध आरोपपत्र दायर
-
गाउँपालिका उपाध्यक्ष र तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
गर्मीमा चिसो पानी पिउनु स्वास्थ्यका लागि हानिकारक छ ?
-
क्रोएसियामा राजदूतावास स्थापनाको माग गर्दै परराष्ट्रमन्त्रीलाई ज्ञापन पत्र