गुल्मीमा १५ वर्षीया किशोरी बलात्कृत, एकजना पक्राउ
बिहीबार, ०५ वैशाख २०७६, ०९ : ५३
बुटवल । गुल्मीको छत्रकोट गाउँपालिकामा गएराती एक किशोरीलाई बलात्कार गरेको आरोपमा गुल्मी प्रहरीले पाल्पाका एक जनालाई पक्राउ गरेको छ ।
पाल्पाको तानसेन नगरपालिका–५ निवासी ४१ वर्षीय हनुमान भन्ने अमिर मियाँलाई प्रहरीले गएराती नै पक्राउ गरेको हो ।
छत्रकोट गाउँपालिकाकी १५ वर्षीया किशोरी (नाम गोप्य) लाई गएराती बलात्कार गरेको आरोपमा मियाँलाई पक्राउ गरि अनुसन्धान थालिएको गुल्मीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक रविन्द्रबहादुर खड्काले जानकारी दिए ।
घटनाबारे प्रहरी निरीक्षक खड्काका भन्छन्– ‘पाल्पाबाट मोटरसाइकलमा गुल्मीतर्फ आउँदै गरेका मियाँले मोटरसाइकल रोकेर ती किशोरीलाई घर पुर्याईदिन्छु भनेर चढाएको र त्यसको केहि बेरपछि बाटैमा बलात्कार गरेको खुल्न आएको छ ।’
‘सो आधारमा मियाँलाई पक्राउ गरिएको हो,’ उनले भने, ‘मियाँमाथि थप अनुसन्धान सुरु हुँदैछ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खर्च योजना सार्वजनिक गरेपछि खुम्चियो मेटाको शेयर
-
मनमोहन सेन्टर : १५औँ वसन्त पार गर्दै गर्दा...
-
प्रतिबन्ध लगाउन सक्ने अमेरिकी कानुनविरुद्ध टिकटक अदालत जाने
-
डढेलोले खोटाङमा तेह्र घर खरानी
-
‘मिस्टर एण्ड मिस नेसनल नेपाल’ले देखाए ट्यालेन्ट
-
पत्नीमाथि जाँच सुरु भएपछि स्पेनका प्रधानमन्त्रीले सार्वजनिक काम रोके