जीतका बावजुद बाहिरियो सिटी
इङ्लिस महारथी म्यानचेस्टर सिटी च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाइनलबाटै बाहिरिएको छ । बुधबार राति भएको क्वार्टरफाइनल खेलको दोस्रो लेगमा सिटी इङ्लिस प्रतिद्वन्द्वी टोट्टनहामसँग अवे गोलको आधारमा पछि पर्दै बाहिरिएको हो ।
घरेलु मैदान इतिहाद स्टेडिमयममा भएको निकै प्रतिस्पर्धातमक खेलमा सिटी ४–३ गोलले विजयी भयो । तर, टोट्टनहामको घरेलु मैदानमा एकसाता अघि खेलिएको अवे खेलमा सिटी १–० गोलले पछि परेको थियो । खेल समग्रमा ४–४ गोलको बराबरीमा सकिएपनि टोट्टनहामले अवे गोलका आधारमा सेमिफाइनल यात्रा तय गरेको हो । सेमिफाइनलमा टोट्टनहामले डच क्लब आयाक्ससँग प्रतिस्पर्धा गर्नेछ ।
निकै प्रतिस्पर्धात्मक खेलको सुरुवाती २१ मिनेटमा दुवै टोलीबाट पाँच गोल भएको थियो । खेलको चौथो मिनेटमा रहिम स्टर्लिङले गोलगर्दै सिटीलाई अग्रता दिलाए । सातौँ मिनेटमा टोट्टनहामका सन ह्युङ मिनले गोलगर्दै खेललाई बराबरीमा ल्याए । १० औँ मिनेटमा सनले लगातार दोस्रो गोल गर्दै टोट्टनहामलाई अगाडी बढाए ।
एक मिनेट लगत्तै सिटीका बर्नार्डो सिल्भाले गोल गर्दै खेललाई पुनः बराबरीमा ल्याए । २१ औँ मिनेटमा स्टर्लिङले ब्यक्तिगत दोस्रो गोल गर्दै सिटीलाई अग्रता दिलाए । ५९ औँ मिनेटमा सर्जियो एग्युरोले गोल गर्दै सिटीको अग्रता बलियो बनाए । तर, ७७ औँ मिनेटमा टोट्टनहामका फर्नान्डो लोरेन्टले गोलगर्दै टोलीलाई पुनः खेलमा फर्काएका थिए । फर्नान्डोको सोही गोलनै टोट्टनहामको सेमिफाइनल यात्रामा बरदान सावित भयो ।
नाटकीय खेलको इन्जुरी समयमा टोट्टनहामलाई भिएआरको निर्णयले समेत साथ दियो । खेलको अन्तिममा सिटीका स्टर्लिङले गरेको गोललाई रेफ्रीले भिएआरको सहायतामा अफसाइड दिए । जतिवेला सिटी जितको उत्सव मनाई रहेको थियो । तर, रेफ्रीको निर्णय टोट्टनहामको पक्षमा गएपछि सिटीको खुशी एकाएक निराशामा बदलियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुग्ध विकास संस्थानद्वारा किसानलाई ४८ करोड भुक्तानी
-
नेपाली सेनाले माग्यो विभिन्न पदमा दरखास्त
-
कृषि मन्त्रालयका सहसचिव बर्खास्तीमा
-
डढेलोमा परेर चरिचरनमा राखिएका मौरीका घार नष्ट, बीमा नहुँदा किसान मर्कामा
-
प्रसारणको लाइनको तार परिवर्तन गर्दै विद्युत् प्राधिकरण, काठमाडौँका यी स्थानमा आपूर्ति बन्द हुने
-
डढेलो नियन्त्रणमा सरकार संवेदनशील देखिएन: नेता कोइराला