शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

पोर्टोविरुद्व लिभरपुलको सनसनी जीत

बिहीबार, ०५ वैशाख २०७६, ०८ : ०१
बिहीबार, ०५ वैशाख २०७६

एजेन्सी । पोर्चुगिज क्लब पोर्टोविरुद्व सनसनीपूर्ण जित निकाल्दै इङ्लिस क्लब लिभरपुल च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

पोर्टोको घरेलु मैदानमा बुधबार राति भएको क्वार्टरफाइनल खेलको दोस्रो लेगमा लिभरपुल ४–१ गोलले विजयी भयो । 

पहिलो लेगमा पोर्टोलाई २–० गोलले हराएको लिभरपुले समग्रमा ६–१ गोलको नतिजा निकाल्दै सेमफिाइनलमा पुगेको हो । 

सेमिफाइनलमा लिभरपुलले स्पेनिस महारथि बार्सिलोनाको सामना गर्नेछ ।

एकपक्षीय खेलमा २६औं मिनेटमा अग्रता लियो । लिभरपुलका लागि साडियो मानले पहिलो गोल गरे । 

६५औं मिनेटमा मोहमद सालाहले गोल गर्दै लिभरपुलको अग्रता दोब्बर बनाए । त्यसपछि ६९औं मिनेटमा पोर्टोका इडर मिलिटाओले गोलगर्दै टोलीलाई खेलमा फर्काउने प्रयास गरे ।

७७औं मिनेटमा रोवर्टो फिर्मिन्होले गोलगर्दै लिभरपुलको अग्रता फराकिलो बनाए । ८४औं मिनेटमा भर्जिल भान डिजिकले चौथो गोल गर्दै लिभरपुलको जित सहज बनाएका थिए । 

खेलभर लिभरपुलको दबाबमा परेको पोर्टो घरेलु मैदानमा लाज्जास्पद हार खेप्दै च्याम्पियन्स लिगबाट बाहिरियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप