शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

आज बिहिबार कुन राशिका लागि फलदायी ?

बिहीबार, ०५ वैशाख २०७६, ०६ : २०
बिहीबार, ०५ वैशाख २०७६

वि.सं.२०७६ साल वैशाख ०५ गते । बिहिबार । ईश्वी सन् २०१९ अप्रिल १८ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । उत्तरायण । वसन्त ऋतु । श्रीशाके १९४० । चैत्र शुक्ल पक्ष । तिथि चतुर्दशी,३३ घडी ०८ पला,बेलुकी ०६ बजेर ५५ मिनेट उप्रान्त पूर्णिमा । नक्षत्र हस्त,३८ घडी ४९ पला,बेलुकी ०९ बजेर ११ मिनेट उप्रान्त चित्रा । योग व्याघात,२२ घडि २८ पला,दिउसो ०२ बजेर ३८ मिनेट उप्रान्त हर्षण । करण गर,बिहान ०७ बजेर ५६ मिनेट उप्रान्त वणिज,बेलुकी ०६ बजेर ५५ मिनेट उप्रान्त भद्रा । आनन्दादिमा राक्षस योग । चन्द्रराशि कन्या ।  भक्तपुरमा भैरव–भद्रकाली रथयात्रा।

काठमाडौंमा सूर्योदय ०५ बजेर ३९ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर २९ मिनेट । दिनमान ३२ घडी ०६ पला ।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) मुद्दा मामिला तथा न्यायिक निकायबाट हुने निर्णयहरु पछिको लागि सार्नु नै उपयूक्त हुनेछ किनकि आज आउने फैसला तपाईको पक्षमा हुने छैन । व्यापार व्यावसायमा समय दिएपनि आम्दानि कम हुनेछ भने खर्च बढ्नाले आर्थिक व्यावस्थापन गर्न असजिलो हुनेछ । नोकरि तथा पढाईमा हुने प्रतिष्पर्धामा विजय हुन कडा मेहनेत गर्नु पर्नेछ । पुराना समस्या पुनह बल्झन तथा ऋण लाग्नेछ ध्यान दिनुहोला । खानपानमा ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धि समस्या आउन सक्छ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) अध्ययनमा मन जाने तथा ध्यान केन्द्रित हुने हुँदा आफुले चाहेजस्तो सफलता प्राप्त गर्न सकिनेछ । आफन्त तथा गुरुजनहरुको सुझावलाई सिरोधार्य गर्दै अगाढि बढ्न सकिनेछ । मन परेको मानिसबाट उपाहार तथा भौतिक सम्पति पाउने योग रहेकोछ भने प्रेममा सामिप्यता बढेर जानेछ । सन्तान,छोराछोरी तथा आफन्त सँग रमाईलो यात्राको तय गर्न सकिनेछ । व्यापारमा लगानि गरि आर्थिक अवस्था सुधार्न सकिने समय रहेकोछ । 

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) राजनीति तथा समाजसेवामा जनताको काम गर्न हर कोषिश गर्दा गर्दै नसकिने हुदा आलोचनाको शिकार हुने योग रहेकोछ । सामाजिक मान सम्मानमा आघात पुग्ने योग रहेकोछ । घर परिवारबाट टाडा हुनुपर्दा नरमाईलो लाग्नेछ । पढाई लेखाईमा मन नजादा वा घर बस्न मन नलाग्दा अरु भन्दा पछि परिनेछ । आमा वा घर परिवारका आफुले मान्नु पर्ने मानिसहरुको सल्लाह तथा सुझाबलाई शिरोधार्य गर्दै अगाडि बढ्नुहोला । प्रेममा सामान्य खटपट हुने योग रहेकोछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) व्यापार व्यावसायमा लगानि गर्दा घाटा हुँन सक्छ ध्यान दिनुहोला । सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँने हुनालेदैनिक कामकाज गर्न गाह्रो हुनेछ । पढाई लेखाईमा ध्यान नजादा अरु भन्दा पछि परिनेछ । माया प्रेममा धोमा हुनेछ भने पति पत्नि सँग मनमुटाब बढ्न सक्छ । दाजुभाई तथा छिमेकिसँगको सम्बन्धमा मनमुटाव सिर्जना हुनेछ । खुट्टा तान्ने तथा कुरा काट्नेहरु सक्रिय रहनेछन् ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) आत्मीय मित्र तथा जीवन साथिको सहयोगले व्यापार व्यावसायमा लगानि गरि प्रशस्त आम्दानि गर्न सकिनेछ । कुटुम्ब सँगको सम्बन्ध थप सुमधुर भएर जानेछ । अध्ययन तथा अध्यापनमा मन जानेछ भने प्रतिष्पर्धिहरुलाई सजिलै हराई नतिजा जित्न सकिनेछ । बोलिको प्रभाव बढ्ने हुनाले बोलेरै उपलब्धिमुलक कामहरु गर्न सकिनेछ । गाएन पेशा तथा कला शाहित्यमा समय दिनेहरुले आम्दानिका स्रोतहरु बढाउन सकिनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) व्यापार व्यावसायमा लगानि गर्दा पछिसम्म आम्दानि भैरहनेछ । पढाई लेखाइमा सुधार भएर जाने तथा उत्कृष्ट नतिजा हात लाग्नेछ । सामाजिक क्षेत्रमा तपाईले गरेको काम समयमा सम्पन्न हुने हुदा चर्चा चुलिनेछ । विलाशि वस्तुहरुको प्रयोग गर्न पाईने तथा सानु प्रयत्नले भौतिक बस्तुहरु लाभ हुनेछन् । आफ्नो क्षमता प्रयोग गरि वा बैचारिक कुराले सबैलाई आफ्नो मातहतमा राख्न सकिनेछ । माया प्रेममा नजिक हुने समय रहेकोछ भने जीवन साथिको सहयोग हर क्षेत्रमा रहने योग रहेकोछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) अरुको काममा समय बित्ने तथा अरुको काम गर्न खोज्दा आफ्नो काम थाति रहनेछ । व्यापार व्यावसायमा प्रशस्त समय लगानि गर्दापनि आम्दानि थोरै हुनेछ भने विदेशमा उत्पादित सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ । लामो दुरिको बिदेश यात्राको अधिक सम्भावना रहेकोछ भने विदेशि सस्था तथा नियोग तिर काम पाउने प्रशस्त सम्भावना रहेकोछ । सामान्य आखा सम्बन्धि समस्याले सताउन सक्छ ध्यान दिनुहोला । 

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) आफन्त जन तथा दाजुभाईबाट भनेजस्तो सहयोग पाईने हुदा मन प्रशन्न रहनेछ । माया प्रेममा सामिप्यता बडेर जानेछ भने परिवार तथा सन्तानको प्रगतिमा मन प्रशन्न हुनेछ । व्यापार व्यावसायबाट मनग्गे आम्दानि गर्न सकिनेछ । भौतिक सम्पति तथा सवारि साधन प्राप्तिको गतिलो सम्भावना रहेकोछ । बिद्यामा प्रतिष्पर्धिहरुलाई किनारा लगाउँदै नतिजा आफैतिर ल्याउँन सकिनेछ । प्राकृतिक स्रोत साधनको प्रयोग मार्फन मनग्गे धन आर्जन गर्न सकिनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) राज्यबाट अनाबस्यक झै झमेला भोग्नु पर्नेछ भने सेवा प्रबाह गर्नेहरुले तपाईको काम समयमा नगर्दिनाले महत्वपुर्ण उपलब्धि गुम्न सक्छ । व्यापार व्यावसाय खस्केर जानेछ भने आम्दानिका स्रोतहरु साघुरा भएर जानेछन् । अध्ययन अध्यापनमा मन नजाने हुनाले उपलब्धि अरुकै पोल्टोमा पर्नेछ । माया प्रेममा सामान्य अबिश्वास सिर्जना हुने योग रहेकोछ । आफ्नो धन सम्पतिमा अरुले नै अधिकार जमान खोज्नेछन् ध्यान दिनुहोला ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) भाग्यले साथ दिनेहुँदा सानो प्रयत्नले ठुलो काम बन्नेछ । धर्म तथा अध्यात्मतिर ध्यान जाने हुनाले शरिरले सकारात्मक उर्जा ग्रहण गर्नेछ । आफन्तहरुको सहयोगले उपलब्धिमुलक कामहरु बन्नेछन् भने दैनिकीलाई सहज रुपमा परिणत गर्न सकिनेछ । लामो दुरिको धार्मिक तथा अध्ययन यात्राको अधिक सम्भावना रहेकोछ । नयाँ काम गरि आम्दानिका स्रोत बढाउन सकिनेछ । प्रेममा सामिप्यता बढेर जानेछ । 

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) बाटो हिड्दा वा सवारि चलाउँदा ख्याल गर्नुहोला समय मध्ययम रहेकोछ । पानिसँग सम्बन्धित व्यावसाय खस्केर जाने योग रहेकोछ । स्वास्थ्यमा समस्या देखापर्ने तथा औषधि उपचार खर्च बढ्ने योग रहेकोछ । मन कमजोर हुँने हुँदा पढाई लेखाईमा मन जाने छैन भने अरुभन्दा पछि परिनेछ । परिस्थितिले ऋण लगाउँने तथा बिभिन्न समस्याहरुको सामना गर्नुपर्नेछ । घर परिवारमा आफन्तबिच मनमुटाव बढ्ने तथा माया प्रेममा गलत बुझाईले समस्या निम्त्याउँन सक्छ सचेर रहनुहोला ।
    
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) लामो दुरिको यात्रा भएपनि यात्राका क्रममा बिभिन्न समस्याहरु देखा पर्नेछन् । जीवनसाथि सँग अबिश्वास बढ्ने हुदा कामहरु प्रभावित हुने योग रहेकोछ । व्यावसायमा तत्काल ठुलो लगानि नगर्नुहोला लगानि फस्ने योग रहेकोछ । स्वास्थ्यमा समस्या आउनेछ भने पढाई लेखाईमा कमजोरिको महशुष हुनेछ । सवारि साधन तथा विलाशी बस्तुको प्रयोग गर्दा ध्यान दिनुहोला समय मध्ययम रहेकोछ । 

तपाईको दिन शुभ रहोस् । 
    
यूवा ज्योतिषि डिपि भण्डारी    
ज्योतिष परामर्ष सेवा केन्द्र ।
चाबहिल,काठमाडौं फोन न।९८०८३०७२७५
नोट ः  चिना तथा टिप्पन बनाउँन,चिना हेराउँन तथा बास्तुसँग सम्बन्धित जानकारिको लागि अवस्य सम्झनुहोला ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ज्योतिषि डीपी भण्डारी
ज्योतिषि डीपी भण्डारी

ज्योतिष परामर्ष सेवा केन्द्र, काठमाडौं

लेखकबाट थप