बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

माछापुच्छ्रे बैंकको ‘एक व्यक्ति एक खाता योजना’ सुरु

बुधबार, ०४ वैशाख २०७६, १८ : २७
बुधबार, ०४ वैशाख २०७६

काठमाडौं– माछापुच्छ्रे बैंकले नेपाल सरकारको ‘खोलौ बैंक खाता अभियान २०७६’ अन्तर्गत ‘एक व्यक्ति एक खाता योजना’ ल्याएको छ ।

कुनै पनि बैंक वा वित्तीय संस्थामा खाता नभएका व्यक्तिको हकमा उक्त योजना बैंकले सुचारु गरेको जनाएको छ । उक्त खाता खोले बापत बैंक स्वयंले १०० खातामा जम्मा समेत गरिदिने जानकारी दिएको छ ।

५% आकर्षक वार्षिक ब्याजदर प्रदान गरिने भनिएको यस खाता खोल्न निकै सहज छ । नेपाल सरकारले जारी गरेको कुनै पनि फोटो सहितको परिचय पत्र देखाएर उक्त खाता खोल्न सकिने बैंकले जनाएको छ ।

बैंकको देशभर रहेका जुनसुकै शाखा वा ग्राहक सेवा केन्द« मार्पmत उक्त खाता खोल्न सकिने व्यस्था रहेको बैंकले जानकारी दिएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप