प्रभु बैंकको कर्जा योजना, ५.२ प्रतिशत ब्याजदरमा ऋण
काठमाडौं– प्रभु बैंकले ५ दशमलव २ प्रतिशत ब्याजदरमा ऋण दिनेगरी ७ वटा कर्जा योजना सार्वजनिक गरेको छ ।
प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले नेपाल सरकार र नेपाल राष्ट्र बैंकले गरेको परिपत्र अनुसार बैंकले पनि सहुलियतपूर्ण कर्जाका लागि ५.२ प्रतिशत ब्याजदरमा ऋण उपलब्ध गराउने गरी ७ वटा योजना सार्वजनिक गरेका हुन् ।
बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी बैंकले सहुलियतपूर्ण ऋण प्रवाहका ७ प्रकारका कर्जा योजना सार्वजनिक गरेको छ । जस अनुसार व्यवसायिक कृषि तथा पशुपंक्षीको विकासका लागि ५ करोड कर्जा दिन सकिने योजना छ ।
त्यसैगरी शिक्षित युवा तथा रोजगारीका लागि ५ वर्षका लागि ७ लाख कर्जा प्रवाह गर्ने योजना रहेको पनि प्रमुख कार्यकारी अधिकृत शेरचनले जानकारी दिए । त्यसका लागि कम्तिमा स्नातक तह उतीर्ण गरेको तथा ४० वर्ष उमेर ननाघेको हुनुपर्ने मापदण्ड पनि तोकिएको छ ।
बैंकले विदेशबाट फर्किएका युवाहरुका लागि १० लाख कर्जा प्रवाह गर्ने योजना तय गरेको छ । ग्रिन कार्ड होल्डरको हकमा भने सो योजना लागू नहुने पनि बैंकका प्रमुख कार्यकारी अधिकृत शेरचनले स्पष्ट पारे ।
महिला उद्यमशीलताका लागि ५ वर्षका लागि १५ लाख, दलीतहरुको व्यवसाय उत्थानका लागि १० लाख, उच्च, प्राविधिक तथा व्यवसायिक शिक्षाका लागि ५ लाख र भूकम्प पीडितका लागि ५ वर्षका लागि ३ लाख कर्जा प्रवाह गर्न सकिने योजना पनि बैंकले सार्वजनिक गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत शेरचनले ती सबै योजना बैंकका सबै शाखाहरुबाट दिने व्यवस्था गरिएको पनि बताए ।
प्रभु बैंकले सबै स्थानीय तहमा बैंक सेवा पु¥याउन ब्रान्चलेस बैंकिङ प्रणाली सुरु गर्ने तयारी पनि गरेको छ । ७ सय ५३ वटा स्थानीय तहमध्ये ७ सय १५ वटामा मात्रै बैंकिङ सेवा पुगेको नेपाल राष्ट्र बैंकको तथ्यांकमा उल्लेख गरिएको छ ।
प्रमुख कार्यकारी अधिकृत शेरचनले बैंकिङ सेवा संचालनका लागि कठिनाई भईरहेका बाँकि स्थानीय तहमा पनि ब्रान्चलेस बैंकीङ प्रणाली स्थापना गर्ने तयारी गरिएको बताए । बैंकले १० लाखभन्दा बढिको कर्जाका लागि संस्था र १ करोडभन्दा बढिका लागि कम्पनी दर्ता भएको हुनुपर्ने पनि स्पष्ट पारेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
थाई–म्यान्मार सीमा सहर नजिकै फेरि झडप सुरु
-
सेकेन्ड ह्यान्ड आइफोन किन्दै हुनुहुन्छ ? यी कुरामा ध्यान दिनुहोस्
-
हिमाल हेर्न नेपाल आएका पिटर शैक्षिक उन्नयनमा सक्रिय
-
सिस्टमले चलेको देश जापान
-
दीपिकाको 'लेडी सिंघम' लुक सेयर गर्दै रोहितले भने- मेरो वास्तविक जीवनको हिरो
-
फोन बारम्बार ह्याङ्ग हुन्छ ? अपनाउनुहोस् यो उपाय