बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

फिल्म ‘पसिना’को ट्रेलरमा मजदुरको कथा

बुधबार, ०४ वैशाख २०७६, १५ : ४४
बुधबार, ०४ वैशाख २०७६

काठमाडौं – आर. बि खत्री ‘शरद’ निर्देशित फिल्म ‘पसिना’को ट्रेलर सार्वजनिक भएको छ । निर्माण युनिटले बुधबार एक कार्यक्रमको आयोजना गर्दै ट्रेलर सार्वजनिक गरेको हो । 

ट्रेलरमा फिल्मको केही अंस समेटिएको छ । ट्रेलर हर्दा फिल्मले मजदुरको संघर्ष कथा प्रस्तसत गरेको अनुमान लगाउन सकिन्छ । केही दिन अगाडि नयाँ बर्षको अवसर पारेर फष्टलुक सार्वजनिक गरेको थियो । 

फिल्ममा गौरव पहारी, अनु शाह,सरोज खनाल, सरोज अर्याल, रवि गिरी, धुर्ब कोइराला, शारदा गिरी, सुरजनी केसी लगायतका कलाकारको मुख्य भूमिका रहेको छ । 

फिल्ममा राम केसीको छायांकन, राजनराज सिवाकोटी, दिपक शर्मा र थिरज राइको संगीत,नबिन निरौलाको सम्पादन,शिब बिक र राजीब समरको नृत्य र देव महर्जनको द्वन्द रहेको छ ।

‘गरौ सत्कर्म, बगाउ पसिना’ भन्ने नारा बोकेको फिल्मले पसिना बगाएर मात्र नहुने भन्दै सत्कर्म गर्न पनि आवश्यक रहेको सन्देश चलचित्रले दिने निर्देशकले बताए । 

आर.बी. खत्री ‘शरद’ को कथा रहेको ‘पसिना’ को निर्माता शान्ता ढकाल हुन् । बैशाख २७ गते बाट प्रदर्शनमा आउने चलचित्रका कार्यकारी निर्माता संजय महतो रहेका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप