बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

पोखरीमा बिष राख्दा रौतहटमा लाखौंका माछा मरे

बुधबार, ०४ वैशाख २०७६, १४ : ५१
बुधबार, ०४ वैशाख २०७६

रौतहट– रौतहटस्थित एक व्यक्तिको पोखरीमा पालेका लाखौं मुल्य बराबरका माछा मरेका छन् । 

अज्ञात मानिसले पोखरीमा बिष राख्दा कटहरिया नगरपालिका १ भसेढवाका चन्द्रकेत महतोले पालेका माछा मरेको हुन् । झण्डै साढे दुुईबिगहा क्षेत्रफलमा रहेको पोखरीमा पालिएका ग्रासकाट,सिल्भर, खोकल माछा रोहुु,भकुरा जातका माछा मरेर ५० लाख बढीको क्षति भएको पीडित महतोले बताएका छन् । 

तीन किलो सम्मका झण्डै ३० क्विन्टल ठुुला माछा र भर्खरै छाडेका ८० हजार भुुरा माछा मरेको महतोले बताए । महतोले राजनीतिक पूर्वाग्रह राखेर कसैले जानीजानी पोखरीमा बिष हालेर माछा मारेको हुनसक्ने बताएका छन् ।

जिल्ला प्रहरी कार्यालय रौतहटका निमित प्रमुख डिएसपी नविन कार्कीले घटना शंकास्पद रहेको भन्दै छानविन भइरहेको जानकारी दिए । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप