शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

केन्द्रीय मेडिकल स्टोरमा १० प्रकारका औषधि मौज्दात शून्य

बुधबार, ०४ वैशाख २०७६, १४ : ४७
बुधबार, ०४ वैशाख २०७६

काठमाडौँ– केन्द्रीय मेडिकल स्टोरमा १० प्रकारका औषधि मौज्दात शून्य रहेको पाइएको छ ।

महालेखा परीक्षकको ५६ औं वार्षिक प्रतिवेदनले मानव स्वास्थ्यका लागि प्रयोग हुने औषधि भण्डार तथा व्यवस्थापन शून्य रहेको औंल्याएको हो ।

वार्षिक प्रतिवेदनका अनुसार एट्रोभास्टाटिन २० एम.जी., कोल्ट्रिमाजोल पेसरी १०० एम.जी., क्लोक्सासिलिन १२५ एम.जी.,इनालाप्रिल २.५ एम.जी., फ्लोक्सटाइन १० एम.जी., प्रलिडोक्सीन, इन्जेक्सन ५०० एम.जी. , सिरिञ्ज ०.०५ एम.एल., क्रोटिम ट्याब्लेट र भिटामिन ए समेत केन्द्रीय स्टोरमा मौज्दात शून्य छ । 

 अर्घाखाँची, सोलुखुम्बु, रामेछाप, पर्सालगायतका जिल्लाका स्वास्थ्य कार्यालय तथा स्वास्थ्य चौकीको अनुगमन गर्दा एमोक्सीसीलीन, मेट्रानिडाजोल लगायतका औषधि अत्यन्त न्यून रहेको प्रतिवेदनमा उल्लेख छ । औषधिको आवश्यकता र मौज्दात अनुसार आपूर्ति व्यवस्थापन नगरेकोले स्वास्थ्य सेवा प्रवाहमा प्रत्यक्ष असर परेको महालेखाले जनाएको छ ।  

बाल स्वास्थ्य महाशाखाअन्तर्गत गाभी (ग्लोबल एलाइन्स फर भ्याक्सिन एण्ड इन्युनाइजेसन फण्ड) बाट रु. २१ करोड ५० लाख मूल्यको खोपमध्ये २ करोडको मात्र भ्याक्सिन प्रप्त गरेको उल्लेख छ ।

जसमध्ये ५३ हजार ५ सय ४० भायल आइ.पी.भी खोप नेपालले प्राप्त गरेको छ । सरकारी मापदण्ड अनुसार औषधि आपूर्ति र मौज्दात व्यवस्थापन कार्य प्रभावकारी नहुँदा नागरिकले पर्याप्त मात्रामा औषधि पाउन नसकेको गुनासो बढ्दै गएको छ । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप