शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

ड्युटीमा खटिएको प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने पक्राउ

बुधबार, ०४ वैशाख २०७६, १२ : ४४
बुधबार, ०४ वैशाख २०७६

काठमाडौं–ड्युटीमा खटिएको प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने बा ४ ख ८५७३ नम्बरको ट्रिपरका चालक धादिङ थाक्रे गाउँपालिका घर भएका २६ वर्षीय वीरबहादुर तामाङलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । 

काठमाडौं महानगरपालिका १४ ढुङ्गेअड्डा जाने पुल नजिक महानगरीय प्रहरी बृत्त कालीमाटीबाट खटिएको प्रहरीले उक्त ट्रिपर जाँच गर्ने क्रममा रुट परमिट नभएको कारण कारवाहीबाट बच्न चालक तामाङले प्रहरीलाई नगद १ सय रुपैयाँ दिएर आर्थिक प्रलोभनमा पार्न खोजेका थिए । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।    

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप