‘वीरविक्रम २’ गीत : पलले गरे बर्षासँग ‘वाचा’
काठमाडौं – नयाँ बर्षको दर्शकलाई उपहार भन्दै फिल्मका गीत तथा ट्रेलर ल्याउने क्रम जारी छ । यस्तैमा मिलन चाम्स निर्देशित फिल्म ‘वीरविक्रम २’ले पनि दोस्रो गीत सार्वजनिक गरेको छ ।
निर्माण युनिटले राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै ‘वाचा’ बोलको गीत सार्वजनिक गरेको हो । गीतमा अभिनेता पल शाह र अभिनेत्री वर्षा सिवाकोटीको रोमान्टिक मुड समेटिएको छ ।
ताराप्रकाश लिम्बु र दीपा लामाको स्वर रहेको गीतमा ताराकै संगीत छ, भने सञ्चारकर्मी नरेश भट्टराईले कोरेका हुन् । गीतमा कविराज गहतराजको कोरियोग्राफी रहेको छ ।
फिल्ममा पल र बर्षाको अलवा नाजिर हुसेन, बुद्धि तामाङ, देशभक्त खनाल, विनिशा भण्डारी, विनोद सुवेदी खत्री, मनिष लिम्बुलगायतका कलाकारको अभिनय छ । हिमाल केसीको द्वन्द्व रहेको फिल्मको कथा प्रदीप भारद्धाजले लेखेका हुन् ।
अपर्ण सापकोटा निर्माता रहेको फिल्म ‘वीरविक्रम’ सिक्वेल नभएको निर्देशक चाम्सले बताए ।