बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

बक्सिङमा सुष्मा र मिनुलाई स्वर्ण

बुधबार, ०४ वैशाख २०७६, ०९ : ४४
बुधबार, ०४ वैशाख २०७६

आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्र्तगत २८औं पुरुष तथा नवौं महिला बक्सिङको पांचौ दिनको खेलमा प्रदेश ३ की सुष्मा तामाङ र नेपाल आर्मीकी मिनु गुरुङले स्वर्ण जितेकी छन् ।  

प्रतियोगिता अन्तर्गत मंगलबार भएको महिला ४८ केजीको फाइनलमा आर्मीकी ललिता महर्जनलाई स्पिलिट निर्णयको आधारमा हराउंदै सुष्माले स्वर्ण चुमेकी हुन् । सोही तौल समूहमा नेपाल पुलिसकी दिवाना शेर्मा र प्रदेश १ की प्रतिभा श्रेष्ठले कांस्य पदक हात पारे ।

यस्तै महिला ५४ केजीको फाइनलमा मिनुले नेपाल प्रहरीकी निशा तामाङलाई यूनानिमोस निर्णयको आधारमा हराउंदै स्वर्ण जितिन् । सोही तौलमा एपीएफकी सन्जुमाया थिङ र प्रदेश ३ की शिवानी श्रेष्ठले कांस्य जिते ।

पुरुषतर्फको ५६ केजीको फाइनलमा एपीएफका पूरन राईले स्वर्ण जिते । प्रदेश १ का सुरेन्द« राईले इन्जुरीका कारण वाकओभर दिएपछि पूरनले स्वर्ण हात पारेका हुन् । सोही तौल समूहमा प्रदेश ७ का महेन्द« चन्द र आर्मीका पूरन सुनुवारले संयुक्त रुपमा कांस्य जिते । पुरुष ५२ केजीको फाइनलमा एपीएफका विक्रम परियारलाई अंकको आधारमा हराउंदै आर्मीका तेज बहादुर देउवाले स्वर्ण जिते । सोही तौल समूहमा एनआरएनका प्रदिप घिमिरे र पुलिसका चन्द«बहादुर थापाले कांस्य जिते । त्यसैगरी पुरुष ६४ केजीको सेमिफाइनलमा आर्मीका दान बहादुर दर्लामी र पुलिसका भूपेन्द« थापामगर फाइनलमा प्रवेश गरेका छन् ।

पुरुष ६९ केजी तौल समूहमा एपीएफका विकास लामा र प्रदेश ३ का मनिष डंगोलले फाइनलमा भिडन्त पक्का गरे । यसैगरी ७५ केजी तौलको फाइनलमा आर्मीका दिपक श्रेष्ठ र प्रदेश ३ का दिवसलाल भुमी फाईनल प्रवेश गरेका छन् । पुरुष ८१ केजी तौल समूहमा आर्मीका गणेश प्रधान र प्रदेश ६ का मनोहर बस्नेत फाईनल प्रवेश गर्न सफल भए । पुरुष ९१ केजीमा एपीएफका गोकुल गुरुङ र आर्मीका अर्जुन सिगु फाईनल प्रवेश गरेका छन् ।

यसैगरी महिला ५७ केजीको फाइनलमा नेपाल आर्मीकी चन्द«कला थापा र प्रदेश १ की दिया लिम्बूले भिडन्त पक्का गरिन् । मंगलबार भएको सेमिफाइनलमा चन्द«कलाले एपीएफकी माया चौधरीलाई अंकको आधारमा हराउंदा दियाले पनि प्रदेश ७ की भावना ऐरीलाई अंककै आधारमा पराजित गरिन् ।

यसैगरी महिला ६० केजी तौलको सेमिफाइनलमा जित हासिल गर्दै एपीएफकी संगीता सुनुवार र नेपाल आर्मीकी सबिना श्रेष्ठले स्वर्णका लागि भेट पक्का गरे । संगिताले प्रदेश ५ की संगीता दंगाललाई एबीडीको आधारमा हराउंदा सबिनाले पनि प्रदेश ७ की संगीता चौधरीलाई एबीडीकै आधारमा हराइन् ।   

जुडोको मिक्स टिममा आर्मीलाई स्वर्ण

आठौं अन्तर्गत १६ औं राष्ट्रिय जुडोको तेश्रो तथा अन्तिम दिन मंगलबार मिक्स टिम इभेन्टमा आर्मीले स्वर्ण जितेको छ । प्रहरी दोश्रो तथा प्रदेश ५ तेश्रो भए ।

एक टिममा ६–६ खेलाडीले एक आपसमा प्रतिस्पर्धा गरेका थिए । त्यसम आर्मी र प्रहरीबीचको खेल ३–३ को बराबरीमा सकिएको थियो । स्कोरअन्तरका आधारमा आर्मी अगाडि रह्यो । आर्मीबाट पुरुषमा जंगबहादुर सारु, पवन श्रेष्ठ र शिव बराम तथा महिलामा सुमित्रा राई, निर्मला घर्ती मगर र पुनम श्रेष्ठले प्रतिस्पर्धा गरेका थिए । पुरुषमा सन्जित डंगोल, श्रीराम मकाजु र रविन श्रेष्ठ तथा महिलामा मनीता श्रेष्ठ प्रधान, भावना घर्ती मगर र निशा चौधरीले खेलेका थिए ।

प्रहरी च्याम्पियन बन्यो । १५ स्वर्णका लागि भएको प्रतिस्पर्धामा प्रहरीले ७ स्वर्ण, ५ रजत र ३ कांस्य जित्यो । दोश्रो भएको आर्मीले ६ स्वर्ण, ४ रजत  ४ कांस्य हात पा¥यो । १ स्वर्ण, ३ रजत र ४ कांस्यसाथ प्रदेश ५ तेश्रो भयो । बाँकी १ स्वर्ण एपीएफले हात पा¥यो । विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

हक्कीमा प्रहरी र आर्मी फाइनलमा

आठौंअन्तर्गत पुरुष हक्कीमा प्रहरी र आर्मी मंगलबार फाइनलमा प्रवेश गरेका छन् ।

प्रहरीले सुदूरपश्चिम प्रदेशलाई सडन डेथ (५–४) ले पराजित ग¥यो । आर्मीले प्रदेश ५ लाई टाइब्रेकरमा ४–२ गोलले हरायो । निर्धारित ६० मिनेटको दुवै सेमिफाइनल १–१ को बराबरीमा सकिएको थियो ।

महिलातर्फ भएको एक मात्र खेलमा प्रदेश २ र प्रदेश १ लाई ३–० गोलले हराउदै सुदूरपश्चिमसंग सेमिफाइनल भेट पक्का ग¥यो । मधुकुमारी, अमिता राई र गीता मिर्चिङले गोल गरे । अर्को सेमिफाइनल आर्मी र गण्डकी प्रदेशबीच हुनेछ ।

बास्केटबलमा प्रदेश ३ दोहोरो उपाधि नजिक

आठौं अन्तर्गत राष्ट्रिय बास्केटबको पुरुष÷महिला दुवैमा प्रदेश ३ फाइनलमा प्रवेश गरेको छ ।

दाङको घोराहीमा भइरहेको प्रतियोगिताको पुरुषमा प्रदेश ३ ले प्रदेश ४ लाई ९३–६३ ले पराजित ग¥यो । प्रदेश ३ को जितमा विनोद श्रेष्ठले २० अंक योगदान गरे । फाइनलमा प्रदेश ३ को भेट आर्मीसंग हुनेछ । अर्को सेमिफाइनलमा आयुश सिंहको १९ अंक सहयोगमा आर्मीले नेपाल प्रहरीलाई ८५–७१ ले हरायो ।

महिलामा प्रदेश ३ ले आर्मीमाथि ३९–२३ को जित दर्ता ग¥यो । प्रदेश ३ की एलिना गुरुङले ९ अंक जोडिन् । उपाधिका लागि प्रदेश ३ ले प्रहरीसंग भिड्ने छ । प्रहरीले सुदूरपश्चिमलाई ५५–४४ ले पाखा लगायो ।

कबड्डीमा आर्मी र प्रदेश ५ भिड्ने

आठौंअन्तर्गत राष्ट्रिय कबड्डीको पुरुषमा आर्मी र प्रदेश ५ उपाधिका लागि भिड्ने भएका छन् । बर्दियाको बाँसगढी कबड्डी एकेडेमीमा भएको सेमिफाइनलमा आर्मीले गण्डकीलाई ३८–२१ तथा प्रदेश ५ ले एपीएफलाई ३५–२८ ले पराजित गरे ।

महिलामा आर्मी र प्रहरी फाइनलमा पुगे । आर्मीले सुदूरपश्चिम प्रदेशलाई ४९–१७ तथा प्रहरीले प्रदेश ५ लाई ३४–२४ ले हराए ।

बुद्धिचामा सुजनालाई स्वर्ण

आठौं अन्तर्गत राष्ट्रिय बुद्धिचालको महिलामा सुजना लोहनीले स्वर्ण जितेकी छन् । एक खेल अगावै सुजनाले स्वर्ण पक्का गरेकी हुन् । सुजनाले नवौं चरणको खेल खेल्न बाँकी छ । अन्य पदकको भने टुंगो लाग्न बाँकी छ ।

खुलामा आठौं चरणको खेल सकिँदा प्रहरीका पुरुषोत्तम चौलागाईं, आर्मीका सचिन महर्जन र प्रहरीका मनीष हमालले समान ६.५–६.५ अंक जोडेका छन् । प्रहरीका प्रहरीका मदनकृष्ण कायश्थको ६ अंक छ ।

फुल कन्ट्याक्ट सुरु

आठौंअन्तर्गत राष्ट्रिय फुल कन्ट्याक्ट कराते प्रतियोगिता मंगलबारदेखि नेपालगन्जस्थित महेन्द्र क्याम्पसमा सुरु भएको छ ।

प्रतियोगितामा पुरुषमा ६ र महिलामा ४ गरी १० स्पर्धामा प्रतिस्पर्धा भइरहेको छ । सबै तौलसमूहमा सेमिफाइनल समीकरण पूरा भएको छ । प्रतियोगितामा ५४ पुरुष र ३६ महिला खेलाडी सहभागी छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप