बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

ममताका लागि प्रचार गरेर फसे बंगलादेशी अभिनेता, भिसा रद्द

बुधबार, ०४ वैशाख २०७६, ०९ : ४१
बुधबार, ०४ वैशाख २०७६

भारतको केन्द्रीय गृहमन्त्रालयले बंगलादेशका लोकप्रिय अभिनेता फिरदौस अहमदलाई भारतबाट फिर्ता जान आदेश दिएको छ ।

टेलिग्राफको खबर अनुसार अहमदले पश्चिम बंगालको रायगंज सिटमा तृणमूल कांग्रेसका उम्मेद्वारका लागि कथित रुपमा चुनाव प्रचार गरेको भन्ने उजुरीपछि यस्तो निर्णय लिइएको हो ।

भारतीय जनता पार्टीले पनि यो कदमको निकै विरोध गरेको छ । भाजपाले फिरदौस एक लोकप्रिय नायक भएपनि विदेशी नागरिक भारतीय चुनावमा न त भाग लिन सक्ने न नै प्रचारमा समावेश हुनसक्ने बताउँदै यो कदमले चुनावी प्रक्रियालाई प्रभावित गर्नसक्ने बताएको छ ।

भाजपा प्रत्याशीले पनि गरे विरोधः

टिएमसीका कन्हैयालालका प्रतिद्वन्द्वी भाजपा उम्मेद्वार कल्याण चौबेले ट्वीटरमा भनेका छन्, ‘मैले पहिले यस्तो कहिले पनि सुनेको थिइनँ । यस्तो लाग्छ कि टिएमसीसँग कोही भारतीय स्टार नै छैनन् । भालि ममताले पाकिस्तानका प्रधानमन्त्री इमरान खानलाई प्रचार गर्न बोलाउलिन् । हामी यसको निन्दा गर्छौं ।’

भाजपाका पश्चिम बंगाल प्रभारी कैलाश विजयवर्गीयले ट्वीटरमा भने, ‘यस्तो लाग्छ कि ममतालाई बंगलादेशप्रति विशेष स्नेह छ । बंगलादेशी घुसपैठका लागि उनको प्रेम आफ्नै सानीमा भन्दा पनि धेरै छ । अब बंगलादेशी घुसपैठीहरुको भोट पक्का गर्नका लागि उनी प्रचारमा पनि बंगलादेशी कलाकारलाई बोलाइरहेकी छिन् ।’

अभिनेता बिजनेस भिसामा भारत आएको र यतिबेला चुनाव प्रचार गरर उनले भिसा नियमको उल्लंघन गरेको भन्दै उनको भिसा रद्द गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप