खेर गयो युभेन्टसको रोनाल्डोमाथिको ३४.१ करोड युरोको जुवा
सुपर स्टार क्रिस्टियानो रोनाल्डोले सुरुवाती अग्रता दिलाएपनि इटालियन क्लब युभेन्टस च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाइनलबाट बाहिरिएको छ ।
योसँगै युभेन्टसले रोनाल्डोमाथि स्थानान्तरण तथा तलबमा गरेको ३४.१ करोड युरोको लगानी खेर गएको छ । युभेन्टसले युरोपियन उपाधि जित्ने आशामा नै रोनाल्डोमाथि उक्त रकम खर्च गरेको थियो ।
घरेलु मैदानमा मंगलबार राति भएको खेलमा युभेन्टस डच क्लब आयाक्ससँग २–१ गोलले पराजित भयो । पहिलो लेगमा १–१ गोलको बराबरी खेलेको आयाक्स समग्रमा ३–२ को जित निकाल्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।
निकै प्रतिस्पर्धात्मक खेलमा सुरुवाती अग्रता युभेन्टसले लिएको थियो । युभेन्टसका लागि रोनाल्डोले २८औं मिनेटमा गोल गरे । त्यसपछि आयाक्सका डोली भान डे विकले ३४औं मिनेटमा बराबरी गोल फर्काए । ६७औं मिनेटमा कप्तान माथिज डे लिटले गोल गर्दै आयाक्सलाई अग्रता दिलाए । माथिजले लास स्कोनेको कर्नर पासमा हेड गोल गरेका थिए । खेलभर सशक्त प्रदर्शन गरेको आयाक्स अन्तिममा बलियो टोली युभेन्टसलाई हराउन सफल भयो ।
यस हारसँगै रोनाल्डोलाई ऐतिहासिक झट्का लागेको छ । पाँच पटक च्याम्पियन्स लिगको उपाधि चुमेका रोनाल्डो स्पेनिस क्लब रियल म्याड्रिडबाट मात्रै ह्याट्रि«कसहित चार पटक च्याम्पियन्स लिग जित्ने किर्तिमानी खेलाडी हुन् ।
तर, यसपटक युभेन्टसलाई च्याम्पियन्स लिग जिताउने उनको सपना पुरा भएन । रोनाल्डोले सन् २०१७ मा पूर्व क्लब रियललाई च्याम्पियन्स लिग जिताउँदा फाइनलमा हालकै क्लब युभेन्टसलाई ४–१ गोलले हराएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
तीन जना मृत अवस्थामा फेला
-
दाइको हत्या गरेको अभियोगमा पक्राउ
-
खड्काल्याण्डले प्रयोग गरेको स्काउटको जग्गा र भवनमा सिल गरेर सरकारले आतङ्क फैल्यायो : सांसद खड्का
-
महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान शुभारम्भ
-
सिटिजन्स बैंक १८औँ वर्षमा प्रवेश, स्मार्ट बचत खातामा आकर्षक सुविधा
-
ऐसले फर्निचर शोरुम अब नेपालमा