शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

यी नायिकाले अस्विकार गरिन् २ करोडको फेयरनेस क्रिमको विज्ञापन

बुधबार, ०४ वैशाख २०७६, ०९ : ०२
बुधबार, ०४ वैशाख २०७६

तेलुगु नायिका साईं पल्लवीले दुई करोडको विज्ञापन गर्न अस्विकार गरेको भारतीय मिडियाले बताएको छ ।

रिपोर्टका अनुसार पल्लवीले फेयरनेस क्रिसको दुई करोड भारुको विज्ञापन अस्विकार गरेकी छिन् ।

किन गरिन् अस्विकार ?

पल्लवीलाई डण्डिफोरको समस्या छ र यस्तोमा फेयरनेस क्रिमको विज्ञापन गर्न अस्विकार गरेको उनले बताइन् ।

यद्यपी, सोसल मिडियामा पल्लवीले डण्डिफोरको समस्याले यति ठूलो डिल हातबाट जान दिन नहुने बताएका छन्  । हालै पल्लवीले कस्मेटिकबारे आफ्नो अरुचीबारे बताएकी थिइन् । उनले आफूलाई सुन्दर देखाउनका लागि कहिले पनि कस्मेटिकको प्रयोग नगरेको बताएकी थिइन् ।

पल्लवीले कस्मेटिक उत्पादनको समर्थन नगर्ने निर्णय गरेकी छिन् किनभने उनलाई लाग्छ कि मेकअपका कारण कोही पनि राम्रो देखिन सक्दैन । पल्लवीको यो कुराले यस्तो लाग्छ कि उनले भविष्यमा  कुनै कस्मेटिक उत्पादनको विज्ञापन गर्ने छैनन् ।

पल्लवीको कामको कुरा गर्ने हो भने उनी Selvaraghavan को फिल्म एनजीकेको रिलिजको प्रतिक्षामा छिन् ।  फिल्ममा उनी सूर्या र राणा दग्गुबातीसँग देखिनेछिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप