सोनम कपुरलाई ‘फ्लप’ नायिका भनियो, थाहा पाउनुुस् कस्तो जवाफ दिइन्
सोसल मिडियामा सेलिब्रिटी ट्रोल हुनु सामान्य कुरा हो । सोनम कपुरलाई पनि मानिसहरुले बारम्बार ट्रोल गरिरहन्छन्, कहिले उनको फेशनका लागि भने कहिले विचारका लागि । हालै उनी अरबाज खानको च्याट शोमा पाहुनाको रुपमा पुगिन् । यो मौकामा उनले ट्रोलरद्वारा गरिएको कमेन्टमा प्रतिक्रिया दिइन् ।
अरबाज खानको कार्यक्रम पिन्चमा सोनमले एक व्यक्तिको कमेन्ट पढे । कमेन्टमा उनलाई फ्लप नायिका बताइएको थियो । यसबारे जवाफ दिँदै उनले भनिन्, ‘मलाई थाहा छैन कि मेरो अन्तिम फ्लप फिल्म के थियो । तर मलाई यस्तो लाग्छ कि आजभन्दा सात वर्ष अघि मेरा यस्ता फिल्म निकै कम थिए जसबारे धेरै कुरा गर्न सकियोस् । तर सन् २०१३ मा रांझना फिल्म साइन गरेपछि मैले स्क्रिप्टमा ध्यान दिन सुरु गरेँ । त्यसपछिका मेरा धेरैजसो फिल्मले राम्रै प्रतिक्रिया पाइरहेको छ । मेरो फिल्म वा अभिनयबारे नकारात्मक प्रतिक्रिया दिएकोबारे त मलाई याद नै छैन ।’
सोनमले थपिन्, ‘भारतमात्र होइन संसारभरीकै स्थिती ठिक छैन । जीवन निकै दुःखी छ । सबैले एकअर्कालाई पछाडि धकेल्ने कोसिस गरिरहेका छन् । जो मानिस जीवनमा केही पाउने चेष्टा गर्छन् वा केही पाइसकेका छन् भने मानिसहरु उनको डाहा गर्न थाल्छन् । आफ्नो अगाडिको मान्छेको राम्रो गरिरहेको छ भने धेरैलाई त्यो कुरा पच्दैन ।’
सोनम थप्छिन्, ‘सुरुमा मलाई यस्ता कमेन्टले निकै दुःखी तुल्याउँथ्यो तर अब मलाई यसले खासै असर पुर्याउँदैन । ट्वीटरमा मेरा धेरै फलोअर हुनुहुन्छ । म कुनै एक व्यक्तिको कमेन्टलाई त्यति सिरियसली लिन सक्दिनँ । म प्रार्थना गर्ने कुरामा विश्वास गर्छु र यो प्रार्थना गर्छु कि समाजमा नकारात्मकजस्ता कुरा हटेर जाओस् । मलाई यो कुरा विश्वास छ कि घृणा गर्ने व्यक्तिमा प्रेम पनि लुकेको हुन्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जसपा महाधिवेशन प्रतिनिधि चयन गर्ने निर्देशिकाको मस्यौदा तयार
-
प्युठानमा सुत्केरीको हत्या आरोपमा ५ जना पक्राउ, २ जना फरार
-
फ्राईडे रिलिज : फिल्म हलमा केकी अधिकारीको ‘बोक्सीको घर’
-
कतारमा ६२५ नेपाली कामदार अलपत्र
-
‘वेस्ट इन्डिजविरुद्धको शृङ्खला टी-२० विश्वकपको तयारीका लागि उपयुक्त अवसर’
-
पक्राउ परेका कार्यकर्ता छुटाउन प्रहरीमा धाउँदै रवीन्द्र मिश्रसहितका नेता !