मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

रुपन्देहीको भन्सारमाथि अख्तियारको छानबिन

मङ्गलबार, ०३ वैशाख २०७६, १९ : १५
मङ्गलबार, ०३ वैशाख २०७६

बुटवल । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलले भैरहवा भन्सारको गतिविधिमाथि छानबिन थालेको छ ।  भन्सारमा अनियमिता भएको सूचनाको आधारमा छानबिन सुरु गरेको छ ।

अख्तियार बुटवलको टोलीले यात्रु कक्ष र सवारी सुबिधा कक्षमा सेवाप्रवाहको विषयमा अनुगमन पनि गरेको छ । अख्तियार बुटवलका प्रवक्ता सुरेश भुसालले केही काजजात र विभिन्न विवरण बरामद गरिएको बताए ।

अख्तियारले भन्सारले पछिल्लो तीन दिनमा जारी गरेको प्रज्ञापन पत्र, तीन दिनको गाडी प्रवेश र बाहिरिएको विवरण लिएको छ । त्यस्तै तीन दिनको सिसिटिभी फुटेज समेत मागिएको प्रवक्ता भुसालले जानकारी दिए । 

यि कागजातका आधारमा अनुसन्धान थालिने उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप