बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

एभरेष्ट बैंकका ग्राहकलाई चिरायु नेशनल हस्पिटलमा १५ प्रतिशत छुट

मङ्गलबार, ०३ वैशाख २०७६, १६ : १६
मङ्गलबार, ०३ वैशाख २०७६

काठमाडौं– एभरेष्ट बैंक लिमिटेडले ग्राहकहरुलाई स्वास्थ्य सेवामा विशेष छुटको व्यवस्था गर्ने उद्देश्यले चिरायु नेशनल हस्पिटलसँग सम्झौता गरेको छ ।

नेपालको बसुन्धारास्थित चिरायु नेशनल हस्पिटलले उत्कृष्ट जनरल र विशेषज्ञ चिकित्सा सेवा प्रदान गर्दछ । सीएनएचएमआईले डिसेम्बर २०१३ देखि आउट प्यासेन्ट सेवा र इन प्यासेन्ट सेवाहरु प्रदान गर्दै आइरहेको छ । 

बैंक र हस्पिटलबीच भएको हस्ताक्षर कार्यक्रममा ग्राहकहरुले विभिन्न सेवाहरुमा १५ प्रतिशत छुट पाउँन सक्नेछन् । यस सम्झौता अनुसार एभरेष्ट बैंकका ग्राहकहरुले एटीएम कार्ड वा क्रेडिट कार्ड देखाएर १५ प्रतिशत छुट पाउनेछन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप