शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

देशको प्रतिक नोट्र–डाम जलिरह्यो, पेरिसबासी आँसु खसाल्दै हेरिरहे (तस्वीरहरु)

मङ्गलबार, ०३ वैशाख २०७६, १४ : ००
मङ्गलबार, ०३ वैशाख २०७६

एजेन्सी । सोमबार पेरिसका अधिकाशं मानिसनहरु आखाँभरी आसु लिएर सहरको सबैभन्दा चर्चित स्मारकतर्फ हेरिरहेका थिए । ८५० वर्ष पुरानो नोट्र–डाम गिर्जाघर आगलागीको दृश्यले सहरवासीहरु स्तब्ध देखिन्थे । 
साँझतिर भएको आगालागीका कारण आगो र धुँवाको ठूलो मुस्लो सहरको निक्कै टाढाबाट पनि देखिइएको थियो । चाँडै आगोले गिर्जाघरको मिनार समात्यो र हेर्दा हेर्दै त्यो ढल्यो । 
नोट्र–डामलाई यसअघि १९ औं शताब्दीमा पुनर्निर्माण गरिएको थियो । तर पछिल्लो समय यसमा प्रयोग भएका ढुंगाहरु चर्किदैं गएकाले यसको जीर्णोद्वार सुरु गरिएको थियो । केही अधिकारीले जीर्णोद्वारकै क्रममा आगलागी सुरु भएको आशंका व्यक्त गरेका छन् ।
आगलानी नियन्त्रण गर्ने प्रयास चलिरहँदा आगो गिर्जाघरको छानोमा फैलिएर त्यसलाई पनि जलाएर नष्ट गर्यो । गिर्जाघरको भित्री भाग काठले बनेकाले पनि आगो चाँडै फैलिएको र नियन्त्रण गर्न समय लागेको थियो । 
आगो निभाउन ४०० भन्दा बढी अग्नि–नियन्त्रक खटाइएको थियो । हाल आगलागी नियन्त्रणमा आएको छ । अग्नी नियन्त्रकहरुले आगलागीले गिर्जाघरमा धेरै क्षति पु¥याएको भए पनि मुख्य संरचना भने बचाउन सफल भएको बताएका छन् । 
फ्रान्सेली राष्ट्रपति एमान्युअल म्याक्रोले सोमबार राति सम्बोधन गर्दै आगलागीलाई ‘ठूलो विपत’को संज्ञा दिए । नियन्त्रण गर्नको लागि देखाइएको शीघ्रताको लागि धन्यवाद दिदैं उनले वाचा पनि गरे “हामी सिबै मिलेर नोट्र–डाम बनाउनेछौं ।”



 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप