मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

४७ वर्षीया अभिनेत्री मन्दिरा बेदीका ‘फिटनेस’ राज

मङ्गलबार, ०३ वैशाख २०७६, १२ : ०४
मङ्गलबार, ०३ वैशाख २०७६

एजेन्सी – टेलिभिजन शो ‘शान्ती’ बाट चर्चा पाएकी अभिनेत्री मन्दिरा बेदी ४७ वर्षकी भइन् । तर, उनी शरीरिक बनावटले २५ वर्षकी मात्रै देखिन्छिन् । 

एक छोराकी आमासमेत रहेकी बेदी फिटनेसको सन्दर्भमा निकै सौखिन भएको बताउँछिन् । उनले महिला पनि सुगठित शरीर बनाउन सक्छन् भन्ने कुराको प्रमाण दिएकी छिन् । उनी व्यायाम, कसरत र सँगसँगै ‘स्टिक डाइट’ को पनि योजना अबलम्बन गर्छिन् । उनी सामाजिक सञ्जालमा निकै सक्रिय छिन् । त्यसैले समय–समयमा आफ्नो फिटनेसको भिडियो सेयर गरिरहेकी हुन्छिन् । 

‘वर्कआउट रुटीन’
आमा, व्यवसायी महिला र अभिनेत्री हुँदाहुँदै पनि उनी कसरत गर्नको लागि समय निकाल्छिन् । उनको २ वटा वर्कआउट तालिका छ । जसमा हरेक वर्कआउटको समय १०ः३० मिनेटको हुन्छ । उनी र्याप्सको हरेक एक सेट गरिसकेपछि ३० सेकेन्ड आराम गर्छिन् । ६ सेट गरेपछि २ मिनेट आराम गर्छिन् । उनलाई वर्षामा कुद्न धेरै रमाइलो लाग्छ । साथै, उनी डोरीसँगै उफ्रिने पनि गर्छिन् । 

उनी पहिलो तालिकाअनुसार १ मिनेट जम्पिङ ज्याक्स रहेको छ । जसमा १५ र्याप्स हुन्छ । हरेक १ मिनेट हिड्ने , १ मिनेट जम्पिङ ज्याक, १५ र्याप्स शोल्डर, १ मिनेट हिडाँई, १२ साइड ल्याटरल, १ मिनेट जम्पिङ र १५ पुश–अप गर्ने गर्छिन् । दोस्रो तालिकाअनुसार १ मिनेट जम्प स्काउट्स, १ मिनेट डम्प बेल, १ मिनेट प्ल्यांक ज्याक, शोल्डर डम्प बेल स्काउट्स, १ मिनेट स्काउट्स, १ मिनेट जम्पिङ ज्याक र १ मिनेट काल्प रेसस अन स्टेप एक्सरसाइज गर्ने गर्छिन् । 

मन्दिरा भन्छिन्, ‘जति सक्नुहुन्छ त्यति पानी पिउनुहोस् , यो अनुहारको लागि एकदमै फाइदाजनक छ ।’ साथै, बोसो पगाल्नको लागि कागती पानी पिउने गर्छिन् । उनी  बिहानै एक कप कोल्ड कफि, अण्डा र सलाद खाने गर्छिन् । दिउँसो रोटी, दाल र तरकारी खाने । साथै उनी बिहान र रातिको खानको बीचमा बदाम खाने गर्छिन् । उनी ८ बजेभन्दा अगाडि नै रातिको खाना खाने गर्छिन् । उनी शाहाकारी हुन् त्यसैले प्रोटिनको लागि टोफू र पनीर खाने गर्छिन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप