बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

१२ वर्षदेखि ग्रहको नाम राख्न सकिरहेका छैनन् वैज्ञानिक, अब भने, ‘जनता निश्चित गर्नुहोस्’

मङ्गलबार, ०३ वैशाख २०७६, १० : ३२
मङ्गलबार, ०३ वैशाख २०७६

वासिङटनका वैज्ञानिकले एक ग्रहको नाम राख्ने मौका जनतालाई दिन चाहन्छन् । यसको कोडनेम ओआर१० हो । साधारणतया खगोलीय पिण्डबारे पत्ता लगाउने वैज्ञानिक नै त्यसको नाम निश्चित गर्छन् तर ओआर१०को नाम १२ वर्षपछि पनि राख्न सकिएको छैन ।

ओआर१० लाई अनुसन्धानकर्ता मेग श्वांब, माइक ब्राउन र डेविड रेबिनोवित्जको समूहले सन् २००७ मा अन्तरिक्षको एउटा किनारास्थित कुइपर बेल्टमा पत्ता लगाएका हुन् । यो बेल्टमा थुप्रै ठूलो पदार्थ पनि छन् ।

तीन नामको विकल्पः

अहिलेसम्म नाम राख्न नसक्नुको कारण इन्टरनेशनल एस्ट्रोनोमिकल युनियन (अन्तरराष्ट्रिय खगोल संघ) मा नाम मञ्जुर गराउनुअघि केही मापदण्ड पूरा गर्नुपर्ने हुन्छ । तीन वैज्ञानिकको नाममा ग्रहको नाम राख्न सम्भव पनि थिएन । त्यसकारण तीनै वैज्ञानिकले सम्भावित नाम – गोंगगोंग, होले र विली राखेका छन् ।

१० मेसम्म मतदानको समयः

यी तीनै नामको उत्पत्ति पौराणिक भगवानको नाममा आधारित छ । अनुसन्धानकर्ताले जनताले नै ग्रहको नाम राखुन् भन्ने चाहना राखेका छन् । यसका लागि मतदानको व्यवस्था मिलाइएको छ । मतदाताले मे १० सम्म मतदान गर्न सक्छन् । यहाँबाट मतदान गर्न सकिन्छ । जुन नामले सबैभन्दा धेरै भोट पाउँछ त्यसैलाई आइएयूको अगाडि प्रस्तावित गरिनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप