
वैशाख २ भर्ना दिवसको रुपमा मनाइने
निरक्षरता उन्मूलनका लागि युद्धस्तरमा लागेका प्रधानमन्त्री केपी ओलीको सरकारले यस वर्षदेखि हरेक वर्षको वैशाख २ गतेलाई विद्यार्थी भर्ना दिवसको रुपमा मनाउने निर्णय गरेको छ । यसअनुसार, हरेक वर्ष वैशाख २ देखि १६ गतेसम्म विद्यार्थी भर्ना अभियान चलाइने छ ।
वैशाख २ गते बसेको मन्त्रीपरिषद्को वैठकले उक्त निर्णय गरेको हो ।
स्मरण रहोस्, यसअघि विद्यालय बाहिर रहेका बालबालिकालाई विद्यालय भर्ना गराउनको लागि सरकारले भर्ना अभियान चलाउँदै आएको थियो ।
सरकारले यस वर्षको लागि भर्ना अभियानको नारा ‘सबै बालबालिकाहरुलाई बिद्यालय पठाऔं, नेपाललाई शिक्षितको देश बनाऔं’ तय गरेको छ ।

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
तपाईको ईमेल गोप्य राखिनेछ