शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नयाँ बर्ष २०७६ को उपलक्ष्यमा कोलोराडोमा ‘नेपाल डे परेड’ सम्पन्न

सोमबार, ०२ वैशाख २०७६, २१ : ०२
सोमबार, ०२ वैशाख २०७६

अमेरीका । नेपाली नयाँ बर्ष २०७६ को उपलक्ष्यमा कोलोराडो निवासी नेपालीहरुले ‘नेपाल डे परेड’ आयोजना गरि एक आपसमा शुभकामना आदानप्रदान गरेका छन् । 

रकि माउन्टेण्ड फ्रेन्डस् अफ नेपाल आयोजनामा तथा हेल्पिङ ल्याण्डको सहयोगमा बोल्डर नगरमा सम्पन्न ‘नेपाल डे परेड’ कार्यक्रममा महाबाडिज्य दुत प्रेमराजा महतको प्रमुख अतिथ्यता र बोल्डर नगरका मेयर सुजन जोन्सको बिशेष आतिथ्यता रहेको थियो । 

कार्यक्रममा पर्यटन दुत साबु गदाल, स्थानीय संघ संस्थाका प्रतिनिधी, बुद्धीजिवी, कलाकार, पत्रकार, व्यवसाही तथा सर्बसाधारणको पनि उल्लेख्य उपस्थिती रहेको थियो ।

भौगोलीक हिसावले नेपालसँग मिल्दोजुल्दो सुन्दर बोल्डर नगरमा आयोजित परेड कार्यक्रममा नेपालीहरुले नेपाल र अमेरीकाको झण्डा, प्लेकार्ड ब्यानर बोकी धिमेबाजाको तालमा नेपाली गीत गाउँदै, शुभकामना साटासाट गर्दै हर्सोउल्लास तथा मनोरन्जनका साथ नगर परिक्रमा गरेका थिए ।

स्थानीय खुल्लामञ्चबाट सुरु भएको परेडमा सहभागी कतीपय नेपालीहरु दौरा सुरुवाल, ढाकाको टोपी, साडीचोलो लगाएर आएका थिए । कोही भने आफ्नो जातीय भेषभूषा, संस्कृती झल्कने पहिरहन लगाएर आएका थिए । अमेरीकी भूमिमा नेपालीहरुले नेपालको झण्डा हल्लाउँदै हिँड्दा गौरवले छाती फुलेको महसुस हुन्थ्यो । 

बालक, बृद्ध सबै उमेर समूहका नेपालीको उपस्थिती रहेको उक्त कार्यक्रममा नेपाल र नेपाली संस्कृती प्रति माया र सद्भाव राख्ने अमेरीकी नागरिकहरुको पनि सहभागीता रहेको थियो । 

बाटाका छेउछाउका स्थानीय दर्शकहरुले हेप्पी न्यु एयर, नमस्ते भन्दै ताली पिटेर स्वागत गरेका थिए । कार्यक्रममा सहभागी सबै उमेरका नेपालीहरुले आफ्ना दौतरीसँग आफ्नो रिती र परम्पराअनुसार शुभकामना साटासाट गरेका थिए । 

नगर परिक्रमा गर्नु अगाडी कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथी प्रेमराजा महतले नेपालीको शिर उच्चा पार्ने यस्तो गौरवशाली महत्वपूर्ण तथा सुन्दर कार्यक्रममा सहभागी हुन पाएकोमा आफु धेरै हर्षित भएको बताए । 

उनले अमेरीकामा नेपाल डे परेड भनेर नेपाल चिनाउने कार्यक्रम कोलोराडोबासीले पहिला शुरु गरेकोमा कोलोराडोबासी नेपालीलाई धन्यवाद दिए । 

उनले आगामी बर्षदेखी दुईदिने कार्यक्रम नराखी नेपाली साङ्गीतिक कार्यक्रम, नेपाली कला संस्कृती झल्कने सामग्रीका स्टल, नेपाली खानाका स्टलहरु सबै एकैठाउमा राखी नेपाल डे मनाउन सुझाव दिए । 

त्ससैगरी बोल्डर नगरका मेयर सुजन जोन्सले कार्यक्रममा सम्बोधन गर्दै नेपालीहरुको नयाँ बर्षको यस्तो भव्य र सुन्दर कार्यक्रममा सहभागी हुन पाउँदा ज्यादै गौरवको अनुभुती भएको भन्दै सबैलाई नयाँ बर्षको शुभकामना दिईन् । 

त्यस्तै पर्यटन दुत साबु गदालले नयां बर्षको शुभकामना दिँदै नेपाल भ्रमण बर्ष २०२० लाई भव्यताका साथ सफल पार्न सबैलाई यसको प्रचारप्रसार गरिदिन आग्रह गरिन् ।

त्यसैगरी उक्त कार्यक्रममा शुभकामना मन्तव्य दिनेहरुमा ग्लोवल भुटनिज कम्यूनिटी अफ कोलोराडोका अध्यक्ष सोम बराल, एनआरएन कोलोराडो च्याप्टरका उपाध्यक्ष कुमारजँग कार्की, अन्तर्राष्ट्रिय साहित्य समाज कोलोराडो च्याप्टरका अध्यक्ष कृष्णमुरारी ढुंगेल लगायतका रहेका थिए ।

यसैगरी आयोजक संस्थाका नवनिर्वाचित अध्यक्ष बिनोद त्रिपाठीले नेपाल र नेपालीको पहिचाहन दिने यस कार्यक्रममा उपस्थित भई कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिए । 

कार्यक्रमको अन्त्यमा प्रेमराजा महतले ‘जुनदेशमा गएपनी हामी नेपाली जुन देशमा रहेपनी हामी नेपाली’ भन्ने सान्र्दभिक गीत गाएका थिए । त्यस्तै भुटनिज समुदायका भाई बहिनीले नेपाली संगितमा शुन्दर नृत्य प्रस्तुत गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप