बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

बैशाख २ गतेः ५ नम्बर प्रदेश हेडलाइन, कहाँ के भयो ?

सोमबार, ०२ वैशाख २०७६, २० : ०१
सोमबार, ०२ वैशाख २०७६

सरकारविरूद्व भैरहवामा राजपाको प्रदर्शन
जन्मसिद्ध नागरिकका सन्तानलाई वंशजका आधारमा नगरिकता प्रदान गर्न माग गर्दै राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) रुपन्देहीले भैरहवामा प्रदर्शन गरेको छ ।  सरकारलाई दिएको समर्थन फिर्ता गरेको राजपाले सोमबार रुपन्देहीमा सरकारविरोधी नाराबाजी गर्दै प्रदर्शन गरेको हो ।

रुपन्देहीको सिद्धार्थनगर नगरपालिका –४ स्थित हनुमान मन्दिरबाट शुरू भएको प्रदर्शन पिपरहिया चोक, गल्लामण्डी, मिलनचोक, मेनरोड हुँदै जिल्ला प्रशासन कार्यालय रुपन्देहीको गेट अगाडि पुगेर कोणसभामा परिणत भएको थियो ।

प्रदर्शनकारीले रेशम चौधरीलगायत आन्दोलनकारीलाई तत्काल रिहा गर्नुपर्ने, आन्दोलनकारीमाथिका मुद्दा फिर्ता हुनुपर्ने, भ्रष्टाचारी, कालोबजारी, महङ्गी अन्त्य गर्नुपर्ने र सुलभ तरिकाले नागरिकता वितरण गर्नुपर्नेजस्ता नारा लगाएका थिए ।

कोणसभामा बोल्दै राजपा नेतृ तथा प्रदेश नम्बर ५ का प्रदेशसभा सदस्य कल्पना पाण्डेले जन्मसिद्ध नागरिकका सन्तानहरुको नागरिकता नहुँदा उनीहरू विभिन्न अवसरबाट वञ्चित भएकाले यथाशिघ्र नागरिकता वितरण कार्य शुरू गर्नुपर्ने बताइन् ।

उनले सरकारले मधेशी जनतालाई दोस्रो दर्जाको नागरिकको रूपमा व्यवहार गरिएको आरोप लगाइन् । राजपा रुपन्देहीका संयोजक अजय बर्माले मधेशी जनतालाई नागरिकताबाट वञ्चित गराइए राजपा थप कडा संघर्षमा उत्रिने बताए

एक किलो सुनसहित सिमा नाकाबाट एकजना प्रकाउ
नेपालबाट अवैध रुपमा एक किलो सुन डण्डा हुँदै भारततर्फ लैजाँदै गर्दा एक व्यक्ति पक्राउ परेका छन् ।

भारतीय सीमा सुरक्षा बलले डण्डा हेडको बाटो हँुदै भारततर्फ जाँदै गरेको लु४२प ७६१९ नम्बरको स्कुटी जाँच गर्ने क्रममा उक्त स्कुटीमा लुकाई राखेको सो सुन बरामद गरिएको हो ।

सुनसहित भारतीय प्रहरीले उक्त स्कुटीका चालक भैरहवा निवासी धनवत अग्रवाललाई पनि पक्राउ गरी थप कारवाहीका लागि नौतनवास्थित भारतीय भन्सार कार्यालय पठाएको  जनाएको भारतीय प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायब उपरीक्षक धर्म भण्डारीले सुन बरामद र नेपाली पक्राउको विषयमा नेपाल प्रहरीले बुझिरहेको रातोपाटीलाई बताए ।

रुपन्देहीमा लन टेनिस खेल एपीएफ क्लबले जित्यो ५ स्वर्ण
आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगर्तको रुपन्देहीमा जारी लन टेनिस खेलमा सशस्त्र प्रहरी बलको एपीएफ क्लबले ५ स्वर्ण जितेको छ । एपीएफले महिला एकल, महिला युगल, पुरुष युगल, मिश्रित युगल र पुरुष टिम गरि ५ इभेन्टमा स्वर्ण हात पारेको हो

प्रतियोगितामा नेपाली सेनाले महिला टिम इभेन्टतर्फ एकमात्र स्वर्ण तथा पहिलो पटक प्रतियोगितामा भाग लिएको एनआरएनले पुरुष एकलमा स्वर्ण हात पार्न सफल भयो । 

बुटवलको देविनगरस्थित लन टेनिस कोर्टमा चैत २७ गते चलेको प्रतियोगताको आज फाइनल पुरुष एकलको फाईनल खेलमा एनआरएनका संरक्षण भूषण बज्राचार्यले नेपाली सेनाका प्रनव खनाललाई ६–२, ६–२ को सोझो सेटमा पराजित गर्दै स्वर्ण आफनो पक्षमा पारे । 

नेपाली सेनाका प्रनव रजत पदकमा चित्त बुझाए । यसैगरि खेलमा एपीएफका सन्तोष खत्री, प्रदेश नं ४ का प्रदिप खड्का तृतिय हुँदै कास्य पदक प्राप्त गरेका छन् । 

महिला एकलतर्फको फाईनल खेलमा एपीएफकी प्रेरणा कोइरालाले नेपाली सेनाका अभिलाषा विष्टलाई पराजित गर्दैै स्वर्ण जितिन् । उनले फाइनल खेलमा ६–२, ६–० का सेटमा जित निकालेकी हुन् । 

उपविजेता अभिलाषा विष्ट रजत पदकमा चित्त बुझाइन् । खेलमा प्रदेश नं. ३ का रायना शाह र नेपाली सेनाकी ईरा रावत तृतीय हुँदै कास्य पदक जितेका छन् ।

एक कार्यक्रमका बीच विजेता, उपविजेता खेलाडीहरुलाई नेकपा प्रदेश सचेतक भूमिश्वर ढकाल, नेपाल लन टेनिस संघका केन्द्रीय अध्यक्ष ज्योती राणा, पन्देही जिल्ला खेलकुद समितिका अध्यक्ष योग गुरुङ, उपाध्यक्ष मुक्ति अधिकारीले पदक तथा प्रमाणपत्र वितरण गरेका छन् । 

राष्टिय खेलकुद अन्र्तगत बुटवलमा लन टेसिन परेको थियो । दाङ, नेपालगञ्जलगायत विभिन्न ठाउँ फरक–फरक खेल परेका छन् ।

मधेशी स्वास्थ्यकर्मी फोरम, नेपाल प्रदेश नम्बर ५ अधिशेन
मधेशी स्वास्थ्यकर्मी फोरम, नेपाल प्रदेश नम्बर ५ को प्रथम अधिवेशन भैरहवामा सम्पन्न भएको छ । अधिवेशनले राम बहादुर यादवको अध्यक्षतामा १३ सदस्यीय प्रदेश कार्यसमिति सर्वसम्मत रुपमा निर्वाचित गरेको छ । 

जसको उपाध्यक्षमा सावित्री यादव, महेन्द्र प्रसाद यादव, विश्वनाथ चौधरी, मुख्य सचिवमा नागेन्द्र नाथ गुप्ता, सचिवमा जोगेन्द्र प्रसाद गुप्ता र कोषाध्यक्षमा मुन्सी प्रसाद माझी रहेका छन् ।

त्यस्तै सदस्यहरुमा बब्लु माझी, संगिता मिश्रा, जंग बहादुर कहार, राम नरेश मुराव, उर्मिला यादव र रामवेलास धवल रहेका छन् ।

नवनिर्वाचित अध्यक्ष यादवले स्वास्थ्य समायोजनमा भएको त्रुटीहरु सरकारले नसच्याए संघर्षमा जाने बताए । उनले स्वास्थ्य क्षेत्रमा देखिएको विकृति तथा विसंगतिको अन्त्य गर्न सरकारलाई रचनात्मक सहयोग गर्ने बताए ।

अधिवेशनको एक कार्यक्रमका बीच संघीय सरकारका स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. सुरेन्द्र कुमार राय यादवले उद्घाटन गरेका थिए ।  

गुल्मीको बडिगाड खोलामा बन्दै गरेको पक्की पुल भत्कियो, ५ जना घाइते
गुल्मीको मुसिकोट नगरपालिका वडा नं. ७ र वडा नं. ३ को झेंदी भन्ने स्थानमा निर्माणाधिन बडिगाड खोलाको पक्की पुल भाँचिदा ५ जना घाइते भएका छन् ।

मुसिकोट नगरपालिकाका रन वहादुर कुमाल, गणेश कुमाल र रुद्र वहादुर कार्कीको इमरजेन्सी पोलिक्लिनिक हटियामा उपचार भइरहेको छ ।  

यस्तै निर्माण व्यवसायी समेत रहेका ऋषिराम इटनीलाई काठमाडौं र बडिगाड गाउँपालिका २ का तुल वहादुर रानालाई पोखरा रिफर गरिएको अस्पताल श्रोतले जानकारी दिएको छ ।

ढलान सुरु गरि अन्तिम अवस्थामा पुगेको बेला पुल एक्कासी बीचबाट भाँचिएको हो ।  ५५ मिटर लामो सो पक्की पुल संघीय सरकारको बजेटमा ५ करोड लागतमा निर्माणाधीन रहेको मुसिकोट नगरपालिका वडा नं. ७ का अध्यक्ष प्रकाश काफ्लेले जानकारी दिए । 

वडाअध्यक्ष काफ्लेले इन्जिनियरिङ त्रुटिकै कारण दुर्घटना भएको हुन सक्ने आशंका व्यक्त गरे । जयबुद्ध कन्स्ट्रक्सन प्रा.लि. काठमाडौंले पुलको निर्माण कार्य गरिरहेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप