सिटिजन्स बैंकको ‘सिटिजन्स सरल बचत खाता’ सार्वजनिक
काठमाडौं– सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले नयाँ बचत योजना ‘सिटिजन्स सरल बचत खाता’ सार्वजनिक गरेको छ । सो बैंकले ‘समृद्धिसँग जोडौँ नाता सबै नेपालीको बैंक खाता’ भन्ने नेपाल सरकारको अभियानमा हातेमालो गर्दै नयाँ बर्षबाट लागु हुने गरिे सो खाता सर्वजनिक गरेको हो ।
यस योजनाअन्तर्गत खाता खोल्ने ग्राहक महानुभावहरुलाई बैंकको तर्फबाट रु १००ं खातामा राखिदिने ब्यवस्था गरिएको छ । सुरुमै १०० रुपैयाँ खातामा पाउने ‘सिटिजन्स सरल बचत खाता’ सबै नेपालीहरूको लागि अत्यन्तै फलदायी हुने विश्वास बैंकले लिएको छ । यस खातामा दैनिक मौज्दातमा वार्षिक ५% ब्याजदर प्रदान गरिनेछ । बैंकले यस योजनाअन्तर्गत सहभागी भएका ग्राहकहरुका लागि विभिन्न प्रकारका सहुलियतहरू उपलब्ध गराएको छ ।
‘योर पार्टनर फोर प्रोग्रेस’ भन्ने नारालाई आत्मसात गरी अनवरत रूपले नेपाली जनताको घरदैलोमा बैंकिंग सेवा पुर्याउँदै आएको यस बैंकले देशैभरी फैलिएका आफ्ना ८१ वटा शाखा, ७५ वटा ए.टि.एम. र ९९ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिब चार लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महोत्तरीको मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा
-
हमासद्वारा इजरायली–अमेरिकी बन्धकको नयाँ भिडियो सार्वजनिक
-
लण्डनको सडकमा घोडाले मच्चायो आतङ्क, ४ जना घाइते
-
१० बजे, १० समाचार
-
अमेरिकी राष्ट्रपतिद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर
-
ऊर्जा क्षेत्रमा महिला लगानीकर्तालाई आकर्षित गर्नुपर्छ : मन्त्री चौधरी