नेपालमा कफी खेतीको विकास गर्न जरुरी छ: प्रचण्ड
काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डले कफी क्षेत्रको विकासमा लगानी बढाउन सरकारलाईं आग्रह गरेका छन् । अध्यक्ष दाहालले अन्तर्राष्ट्रिय बजारमा समेत ठूलो परिणाममा माग भइरहेको कफी खेतीको विकासका लागि कृषकहरुलाई प्रोत्साहित हुनेगरी नीति र कानुन निर्माण गर्न पनि सरकारको गम्भिर ध्यानाकर्षण गराए ।
सोमबारबाट काठमाडौंमा सुरु भएको नेपाल कफी व्यवसाय प्रवद्र्धन सम्मेलनको उद्घाटन गर्दै उनले नेपालको व्यापार घाटालाई कम गराउन समेत भरपर्दो माध्यामको रुपमा रहेको कफी खेतीको विकासमा निजी क्षेत्रले समेत चासो नदिएको भन्दै असन्तुष्टि समेत व्यक्त गरे ।
अध्यक्ष दाहालले युवाहरुलाई विदेश पलायन हुनबाट रोक्न पनि नेपालमा कफी खेतीको विकास गर्नुपर्ने जरुरी रहेको बताए । नेपालको ४२ वटा जिल्ला कफी खेतीको दृष्टिले अति महत्वपूर्ण मानिन्छ । तर त्यसको विकासमा सरकार र निजी क्षेत्र दुवैले चासो दिन नसकेको अध्यक्ष दाहालको भनाई छ । अध्यक्ष दाहालले युवा जनशक्तिलाई मुलुकभित्रै परिचालन गर्न पनि कफी खेतीमा लगानी बढाउनुपर्ने आवश्यक्ता पनि औंल्याए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
आजको मौसम : चट्याङसहित हल्का वर्षादेखि हावाहुरीको सम्भावना
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल