एक किलो सुनसहित १ जना पक्राउ
सोमबार, ०२ वैशाख २०७६, १७ : ४६
बुटवल– नेपालबाट अवैध रुपमा एक किलो सुन डण्डा हुँदै भारततर्फ लैजाँदै गर्दा एक व्यक्ति पक्राउ परेका छन् । नेपालबाट अवैध रुपमा भारततर्फ लैजाँदै गरेको एक किलोग्राम सुनसहित एक व्यक्तिलाई सीमावर्ती भारतीय प्रहरीले बरामद गरेको छ ।
भारतीय सीमा सुरक्षा बलले डण्डा हेडको बाटो हँुदै भारततर्फ जाँदै गरेको लु४२ प ७६१९ नम्बरको स्कुटी जाँच गर्ने क्रममा उक्त स्कुटीमा लुकाई राखेको सो सुन बरामद गरिएको हो । सुनसहित भारतीय प्रहरीले उक्त स्कुटीका चालक भैरहवा निवासी धनवत अग्रवाललाई पनि पक्राउ गरी थप कारवाहीका लागि नौतनवास्थित भारतीय भन्सार कार्यालय पठाएको जनाएको भारतीय प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायव उपरीक्षक धर्म भण्डारीले सुन बरामद र नेपाली पक्राउको विषयमा नेपाल प्रहरीले बुझिरहेको रातोपाटीलाई बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पे–वेलका सीइओ सत्यन्द्र श्रेष्ठ पक्राउ
-
अख्तियारमा झण्डा हल्लाउँदै बयानका लागि जाने पार्टीको सभापति होइन म : रवि लामिछाने
-
वेस्ट इन्डिजको टोली नेपालमा, यस्तो छ भाइरल तस्बिरको वास्तविकता
-
२० तस्बिरमा हेर्नुहोस् गहना खोज्ने जात्रा
-
अर्घाखाँचीमा जिप दुर्घटना हुँदा ७ जना घाइते
-
लागुऔषध चरेशसहित एक जना पक्राउ