बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

औद्योगिक क्षेत्र निर्माणमा लगानी गर्न निजी क्षेत्रलाई आह्वान

सोमबार, ०२ वैशाख २०७६, १७ : २९
सोमबार, ०२ वैशाख २०७६

काठमाडौं– अर्थमन्त्री डा.युवराज खतिवडाले औद्योगिक क्षेत्रको निर्माणमा लगानी गर्न निजी क्षेत्रलाई आह्वान गरेका छन् । अर्थमन्त्री खतिवडाले प्रत्येक प्रदेशमा औद्योगिक क्षेत्र स्थापना गर्ने सरकारको योजना रहेको उल्लेख गर्दै त्यसमा लगानी गर्न निजी क्षेत्रका उद्योगी÷व्यवसायीहरुलाई आह्वान गरेका हुन् ।

सोमबार चितवनको भरतपुरमा प्रदेश ३, गण्डकी प्रदेश र प्रदेश ५ का उद्योगीहरुसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले प्रत्येक स्थानीय तहमा पनि औद्योगिक ग्राम स्थापना गर्ने घोषणा गरे । अर्थमन्त्री खतिवडाले उद्योगधन्दा स्थापनाका लागि सरकारले आवश्यक सबै खालको कानुनी, नीतिगत र संरचनागत सुधारको कामलाई तीव्रता दिएको पनि स्पष्ट पारे ।

अर्थमन्त्री खतिवडाले सरकारले औद्योगिक सुरक्षा दिनेमा ढुक्क हुन पनि उद्योगीहरुलाई आग्रह गरे । औद्योगिक सुरक्षा बल प्रदान गरेर सबै उद्योगहरुमा सरकारले औद्योगिक सुरक्षाको प्रत्याभूति गराउने अर्थमन्त्री खतिवडाको भनाई छ । अर्थमन्त्री खतिवडाले त्यसका लागि सरकारले सबै सुरक्षा निकायसँग आवश्यक छलफल गरिसकेको पनि बताए । उनले उद्योगधन्दामा विध्वंशकारी गतिविधि हुन नदिन सरकार सचेत रहेको पनि दाहोर्याए ।

अर्थमन्त्री खतिवडाले सरकारले मुलुकको आर्थिक वृद्धिदर दोब्बर बनाउन निजी क्षेत्रबाट ५५ प्रतिशत लगानी भित्र्याउन चाहेको पनि उल्लेख गरे ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप