शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सरकारले जनताको अपेक्षाअनुसार काम गर्न सकेन: यादव

सोमबार, ०२ वैशाख २०७६, १७ : १९
सोमबार, ०२ वैशाख २०७६

काठमाडौं– राष्ट्रिय जनता पार्टी, नेपालका नेता राजकिशोर यादवले सरकारले जनताको अपेक्षा अनुसार काम गर्न नसकेको आरोप लगाएका छन् । नेता यादवले दुई तिहाई बहुमतको सरकारले पनि सोचेअनुसार काम गर्न नसकेकाले विरोधमा आन्दोलनमा जाने निर्णय लिइएको पनि स्पष्ट पारे ।

उनले सरकार विरुद्धको आन्दोलनलाई परिणाममुखी बनाउन अन्य दलहरुसँग पनि सहकार्य गरेर अघि बढने योजना पनि अघि सारे । सोमबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले लोकतन्त्रको सुदृढिकरण हुने गरी आफ्नो कामलाई अघि बढाउन पनि सरकारलाई सचेत गराए ।

नेता यादवले सरकारलाई संघीय लोकतान्त्रिक गणतन्त्र अनुकूलको व्यवहार सबैलाई गर्न बाध्य बनाउने गरी आफ्नो पार्टीले वैचारिक अभियानको नेतृत्व गर्न चाहेको पनि बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप