शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

तीन महिलालाई सगरमाथा आरोहणका लागि विदाई

सोमबार, ०२ वैशाख २०७६, १७ : १४
सोमबार, ०२ वैशाख २०७६

काठमाडौं– ‘नेपाल भ्रमण वर्ष २०२०’ लाई सघाउ पुर्याउने उद्देश्यका साथ विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्न लागेको ३ जना महिलालाई सोमबार विदाई गरिएको छ । विश्वको सर्वोच्च शिखर सगरमाथामा नेपाल भ्रमण वर्ष २०२० को लोगो फहराउने उद्देश्यका साथ नेपालकी कान्छीमाया तामाङ, भारतकी कल्पना दास र चीनकी लियामू मालाई सोमबार काठमाडौंमा एक कार्यक्रममा बीच विदाई गरिएको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्तालयका सचिव मोहनकृष्ण सापकोटाले नेपालको झण्डा र नेपाल भ्रमण वर्षको लोगो दिएर तीनै जना आरोहीहरुलाई सगरमाथा आरोहणका लागि विदाई गरे । उनले कार्यक्रममा नेपाल भ्रमण वर्षलाई सफल बनाउन सरकारले सो आरोहणको कार्यक्रमलाई अघि बढाएको पनि स्पष्ट पार्नु भयो । सचिव सापकोटाले तीन वटै देशका नारीहरुको सफल आरोहणको नेपाल भ्रमण वर्ष सफल बनाउन सघाउ पुर्याउने विश्वास पनि व्यक्त गरे ।
नेपालकी तामाङ यसअघि नै सगरमाथाको सफल आरोहण गरी तामाङ समूदायकै पहिलो सगरमाथा आरोहीको कीर्तिमान कायम गरिसकेका छन् भने भारतकी दासको ६ हजार मिटर उचाईका विभिन्न हिमालहरुको सफल आरोहण गरिसकेका छन् ।

चीनकी माले सगरमाथाको सफल आरोहण गरिसकेकी छिन् । यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले सगरमाथा आरोहणका लागि जान लागेका तीनै जना महिलाहरुलाई राष्ट्रिय झण्डा दिएर विदाई गरिसकेका छन् । आरोहण दलको गाइडको नेतृत्व १८ पटक सगरमाथाको सफल आरोहण गरेर विश्व कीर्तिमान राख्न सफल पेम्बादोर्जे शेर्पाले गर्नेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप