शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

‘नागरिकता विधेयक तत्काल खारेज नगरे राष्ट्रियता नै खतरामा’

सोमबार, ०२ वैशाख २०७६, १७ : १५
सोमबार, ०२ वैशाख २०७६

राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवम् पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसीले संसदमा पेश गरिएको नागरिकता विधेयक तत्काल खारेज नगरे राष्ट्रियता नै खतरामा पर्ने आशंका व्यक्त गरेका छन् छन् ।

दोस्रो चन्द्रागिरी महोत्सवमा बोल्दै अध्यक्ष केसीले सदनमा पेश गरिएको नागरिकता विधेयक तत्काल खारेज नगरे नेपालको अस्तित्व नै समाप्त हुने खतरा औँल्याएका हुन् ।

उनले भने ‘नागरिकता विधेयक सदनमा छलफलकै क्रममा छ, तर मन्त्रिपरिषदको बैठकले देशैभरिका जिल्ला प्रशासन कार्यालयलाई अङ्गीकृत नागरिकका सन्तानलाई वंशजको आधारमा नागरिकता दिन सर्कुलर जारी गरेको छ ।

यो अत्यन्तै गम्भीर र गलत कुरा हो, तत्काल खारेज गर्नुपर्छ ।’ केसी यो विधेयकले नेपालमा जन्मिएका वास्तविक नागरिकहरुलाई नागरिकता दिनबाट बञ्चित गराइने र विदेशबाट आएकाहरुलाई नागरिकता दिने बाटो खोलिदिएको आरोप लगाए ।  

फरक प्रशंगमा नेता केसीले संघीयता क्यान्सर रोग जस्तै भएको र यसको कुनै तुक नरहेकाले यसलाई खारेजी गर्नुपर्ने जरुर रहेको बताए ।

सुरु देखीनै संघीयताको बिपक्षमा वकालत गर्दै आएको राष्ट्रिय जनमोर्चाका अध्यक्ष केसीले भने, ‘अहिले संघियताको विषयमा अरु दलको पनि ओठ मुख सुकेको छ अन्य दललाई पनि यो खासै स्वीकार्य छैन । पहिले फसेको हुनाले उम्कन नसकेको मात्र हो ।’

आफूले सबै दलको नाडि छामेको भन्दै संघियता लागू गर्छौैं भन्ने दलहरु पनि अहिले पछुताउन लागेको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप