बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाली मोडल इशा एम टिभीको ‘स्प्लिटसभिल्ला’ को स्पर्धामा

शुक्रबार, २० साउन २०७४, ११ : १२
शुक्रबार, २० साउन २०७४

काठमाडौं – भारतीय टेलिभिजन च्यानल एम टिभीबाट प्रशारण हुँदै आएको रियालिटी शो ‘स्प्लिटस्भिल्ला–१०’ मा नेपाली मोडल इशा खड्का चौधरी चयन भएकी छिन् । देश बिदेशबाट हजारौँ सहभागी अडिसनमा उनी  उत्कृष्ट १५ भित्र परेकी हुन् । स्प्लिटस्भिल्लाको श्रृङ्खलामा नेपालबाट छनौटमा परेकी इशा पहिलो हुन् ।

अभिनेत्री सन्नी लियोन र रणविजयले सञ्चालन गर्दै आएको स्प्लिटस्भिल्ला एम टिभीकै लोकप्रिय रियालिटी शो हो । एमटिभीको रोडिज र स्प्लिटस्भिल्ला सर्वाधिक लोकप्रिय रियालिटी शो हो । जसमा आफू पहिलो पटक नेपालको प्रतिनिधित्व गर्दै अघि बढी रहेको मोडल इशाले जानकारी दिइन् ।

हरेक आईतबार बेलुका ७ः१५ एम टिभीमा यो कार्यक्रम प्रशारण हुन्छ । 

ललितपुरको भैंसेपटी निवासी ईशाले नेपालका विभिन्न फेशन शोमा भाग लिईसकेकी उनले ललितपुरको सेन्ट मेरी र भारतको देहरादुनबाट प्लस टु पुरा गरेकी छन् । त्यसपछि भारतकै नयाँ दिल्लीबाट मिडियामा डिप्लोमा गरेकी उनी केही समयदेखि मुम्बईमा अभिनय सिकिरहेकी छिन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप